Thursday, June 19, 2014

शिक्षकद्धारा आफ्नै विद्यार्थी यौनजन्य हिंसाबाट पिडित

कुञ्छा । लमजुङको कुन्छा गाउँ विकास समिति वडा नं २ मा रहेको शान्ति उच्च माध्यमिक विद्यालयका एक शिक्षकले आफ्नै छात्रा माथि यौनजन्य दुर्वव्यहार गरेको खुलासा भएको छ । शान्ति उच्च माध्यमिक विद्यालयका गणित शिक्षक मेघनाथ पौडेलले आफ्नै छात्रा माथि गत चैतमा भएको एस् एल् सी परीक्षा दिने क्रममा यौनजन्य दुर्वव्यहार गरेको खुलासा भएको हो ।
पिडित छात्राका भनाई अनुसार विद्याज्योति उमावि तार्कु खहरेमा परीक्षा सेन्टर परेकाले सोही ठाउँमै कोठा लिएर परीक्षा दिन बसेको बेलामा चैत ९ गते गणित विषयको परीक्षाका दिन विहानै गणित शिक्षक आफूलाई हिसाव सिकाइदिने भन्दै कोठामा आएर आफूलाई जवरजस्ती यौनजन्य दुर्वव्यवहार गरेको पिडित छात्राले बताइकी छिन् । सोही दिन पनि परिक्षा चलिरहेको र त्यसपछि पनि लगातार परीक्षा चलेकाले आफूले सो कुरा बाहिर ल्याउन नसकेको र त्यस पछिको परीक्षा पनि आफूले राम्रो गर्न नसकेको पिडित छात्राको भनाई रहेको छ । गत चैतमा परीक्षा दिने क्रममा घटेको सो घटना अहिले परीक्षाको नजिता आएपछि एक्कासी ३ महिना पछि बाहिर आएको छ ।
पढाई प्रति लगनशील र मेहनेती आफ्नो छोरीकोे एस् एल् सी को नतिजा विग्रिएको आएपछि आफूले सोध खोज गर्दा मात्रै बल्ल यस्तो रहस्य खुलेको पिडित परिवारको भनाई रहेको छ । पिडितका दाजु शुनिल सुनारका भनाई अनुसार यस्तो जानकारी थाहा पाउन साथ आफूहरुले पिडितलाई न्याय तथा दोषीलाई कारबाहीको माग गर्दै विद्यालयमा निवेदन पेस गरेको बताएका छन् । यता यसै विषयमा विद्यालयका प्रअ विपिन कुमार ठाकुर सँग फोन सम्पर्क मार्फत बुझ्दा पिडित पक्षले निवेदन पेश गरेलगत्तै आफूले विद्यालयका शिक्षक, व्यवस्थापन समिति, स्थानिय बुद्धिजीवी, भद्रभलादमीको भेला राखेको सो निवेदन उपर छलफल गरेको बताउनुभयो । साथै प्रअ ठाकुरले सो भेलाले शिक्षकले गल्ती गरेको ठहर्रदै विद्यालयबाट निलम्बन गर्ने र सो कुरा जिल्ला शिक्षा कार्यलय लमजुङ पनि जानकारी गराउने निर्णय भएको बताउनुभयो ।
यता भेलाले सो निर्णय गरेलगत्तै आफ्नै छात्रामाथि यौन जन्य दुर्वयवहार गरेको आरोप लागेका आरोपित शिक्षक भने फरार रहेको विद्यालयले जनाएको छ । आरोपित शिक्षक फरार भए लगत्तै पिडित पक्षले फरार रहेका शिक्षकको खोजी गरी दोषीलाई कारबाहीको माग तथा पिडितलाई न्याय दिलाउन विद्यालयसँग आग्रह गरेका छन् ।
यसरी शिक्षक रातारात फरार भएपछि आफुले शिक्षकको खोजी कार्यका लागि कुन्छा प्रहरी चौकी निवेदन पेश गरेको प्रअ ठाकुरको भनाई रहेको छ । २ दिन देखि विद्यालयको पढाई समेत प्रभावित भएकाृ विद्यालयले जनाएको छ । यता यसै विषयमा ओरोपित शिक्षकलाई फोन सम्पर्क गरी सोही कुरा बुझ्न खोज्दा उनलाई सम्पर्क हुन सकेनन् । पिडित पक्षको भनाई अनुसार पनि शिक्षक सम्पर्कविहिन भएको बुझिएको छ ।

No comments:

Post a Comment