Sunday, December 16, 2012

पश्चिम लमजुङको जितामा ट्याक्टर दुर्घट्ना

दक्षिण पश्चिम लमजुङको जितामा शनिबार ट्याक्टर दुर्घट्ना भएको छ । जिता गाँउ बिकास समिति वडा नम्वर ७ हटिया नजिकै ना ३ प ७८५७ नम्वरको ट्याक्टर दुर्घट्ना भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुजन लामा, प्रकाश गुरुङ, कैलास थापा, बिरेन्द्र बहादुर गुरुङ रहेका छन । घाइतेहरुलाई उपचारको लागि रम्घाको दुइपिप्ले लगिएको प्रहरीले जनाएको छ । 
घाइते भएका सवैजना खतरामुक्त भएको बताइएको छ । जिताबाट दाउरा लोड गरी सोतिपसल तर्फ जाँदै गरेको सो ट्याक्टर शनिबार मध्यान्ह जिताको सातधारे नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जितामा बृद्ध महिलाको हत्या

पश्चिम लमजुङको जिता गाबिसमा एक महिलाको हत्या भएको छ । जिता गाँउ बिकास समिति वडा नम्वर १ राइपालीकी ६० वर्षिय रेनुका केसीको गएराती अज्ञात समूहद्धारा हत्या भएको हो । केसी घरमा एक्लै भएको अवस्थामा धारीलो हतियार प्रयोग गरी हत्या गरिएको स्थानिय बासिन्दाले बताएका छन । गएराती मृतक केसीकी नातीनी शिक्षकको घरमा पढ्न गएको र बिहान फर्कि आउदा हजुर आमालाई मृत अवस्थामा फेलापारेपछि गाँउलेहरुलाई खवर गरेकी थिइन् । हत्या कसले के कती कारणले गर्यो भन्ने अहिले सम्म केहि थाहा पाउन नसकेपनि घटनाको बारेमा छानबिन गर्न प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान शुरु गरेको बताइएको छ ।