Tuesday, July 24, 2012

दलहरुको सहमति विना निर्वाचनको मिति नसार्न सुझाव


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच सहमति नगरी निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिनु भएको छ। एमालेको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सम्बन्धी स्मारिकाको मंगलबार पार्टी मूख्यालयमा सानेपामा विमोचन गर्दै उहाँले सहमति बिना संविधानसभा निर्वाचनको मिति सारे पनि निर्वाचन भने हुनै हालतमा नहुने ठोकुवा गर्नुभयो।
अध्यक्ष खनालले अहिले पनि सहमतिको विकल्प नभएको भन्दै सत्ताधारी दलहरुलाई  सर्वसत्तावादी सोच त्यागेर राष्ट्रिय सहमतिमा आउन आग्रह गर्नुभयो। सरकारले संवैधानिक अंगमा रिक्तता बढाएर संक्रमणकालमा आफ्नो सत्ता लम्ब्याउन खोजिरहेको उहाँको भनाई थियो ।

पृथ्वी राजमार्गमा पहिरो कैयौ यात्रु अलपत्र


नौविसे पोखरा सडकखण्ड अन्तर्गत पर्ने पृथ्वी राजमार्गको मलेखु मुग्लिङ सडकमा पर्ने जोगिमारा मौवाखोलामा आएको भिषण पहिरोका कारण कैयौ यात्रुहरु अलपत्र परेका छन् । एक घण्टा अगाडी गएको पहिरो गएपनि प्रहरीले बेवास्ता गरेको यात्रुहरुले वताएका छन् ।

Monday, July 23, 2012

एस डि यूवा क्लव भोर्लेटार विजयी


लमजुङ ८ असार । लमजुङ जिल्लाको पश्चिम क्षेत्र जिता गाँउ विकाश समिती वार्ड नं. ४ जिताकोटमा यस क्षेत्रको गुरुङ परम्परा अनुसार श्रावण १ गते राँको बाल्ने र श्रावण २ गते राँको बार्ने परम्परा रहिआएको छ । राँको बार्ने दिनमा स्थानिय यूवाहरुले स्थानीय स्तरमा फुटवल प्रतियोगिताको आयोजना गर्ने कार्य धेरै पहिलादेखि नै चलिआएको थियो । हाल आएर उक्त प्रतियोगिताले क्षेत्रीय स्वरुप प्राप्त गरेको छ ।  उक्त प्रतियोगितामा एस डि यूवा क्लव भोर्लेटार ए ले रेड स्टार यूवा क्लव जिता चिण्डेलाई ४–२ गोल अन्तरले हराएर प्रथम भएको छ भने रेड स्टार यूवा क्लव जिता दोश्रो भएको छ । कार्यक्रमका विजेता र उपविजेता टिमलाई मिलन शान्ति यूवा क्लवका अध्यक्ष विरसिंह खवास, मन्जावहादुर गुरुङ नेकपा माओवादी जिल्ला कमिटीका सदस्य वलराम पौडेलले विजेता टिमलाई राँगो, मेडल, प्रमाणपत्र र नगद ३००० रुपैंया वितरण गर्नुभएको थियो भने उपविजेता टिमलाई खसि, मेडल, प्रमाणपत्र र नगद ३००० रुपैया वितरण गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडिको पदक जाल्पादेवी यूवा क्लवका अमित गुरुङले पाए भने सवैभन्दा धेरै गोल हान्ने खेलाडिको पदक एस डि यूवा क्लव भोर्लेटार ए का खेलाडि मिनबहादुर गुरुङले पाएका थिए । जसले सवैभन्दा धेरै अर्थात १४ गोल हानेका थिए ।  श्रावण सक्रान्तिको शुभ अवशर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा विभिन्न ४ जिल्लाका ३७ टोलीको सहभागिता रहेको थियो ।

Tuesday, July 17, 2012

लम्जुङको जिताकोटमा मैत्रिपूर्ण फुटवल शुरु


लम्जुङको जिताकोटमा मैत्रिपूर्ण फुटवल शुरु
लमजुङ जिल्लाको पश्चिम क्षेत्र जिता गाँउ विकाश समिती वार्ड नं. ४ जिताकोटमा यस क्षेत्रको गुरुङ परम्परा अनुसार श्रावण १ गते राँको बाल्ने र श्रावण २ गते राँको बार्ने परम्परा रहिआएको छ । राँको बार्ने दिनमा स्थानिय यूवाहरुले स्थानीय स्तरमा फुटवल प्रतियोगिताको आयोजना गर्ने कार्य धेरै पहिलादेखि नै चलिआएको थियो । हाल आएर उक्त प्रतियोगिताले क्षेत्रीय स्वरुप प्राप्त गरेको छ । यस बर्ष पनि श्रावण सक्रान्तिको शुभ अवशर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा विभिन्न ४ जिल्लाका ३७ टोलीको सहभागिता रहेको छ । उक्त खेलको उद्घाटन मिलन शान्ति युवा क्लवका अध्यक्षले गर्नुभएको थियो । आजको पहिलो उद्घाटन खेलमा मालिका यूवा क्लव थान्सिङले वेशिसहर यूवा क्लवलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

Wednesday, July 11, 2012


साउनको पहिलो सातादेखि नेपालभर लोकल कल शुरु

काठमाडौं,  ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा पनि अब लोकल कल हुने भएको छ। टेलिकमले आगामी साउन १ देखि लोकल कल सुविधामात्र रहेका ल्यान्डलाइनबाट दिन लागेको यो सुविधा जिएसएम र सिडिएमए दुवै फोनका लागि हो। अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनैपर्ने बाध्यता हटाएर लोकल कलको सुविधामात्र भएको फोनबाट देशभरि मोबाइलमा कल गर्न सकिन्छ ।


९२ प्रतिशत सरकारी सेयर रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट पनि अर्को अञ्चलको मोबाइलमा कल गर्न सक्ने व्यवस्था गर्न लागेको हो।

ुमोबाइलबाट मोबाइलमै देशभरि कल गर्दा एउटै स्थानीय चार्ज लाग्दै आएकोमा साउनदेखि एसटिडी नभएको ल्यान्डलाइनबाट पनि यो सुविधा थप्दैछौं,ु टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। अहिले काठमाडौंदेखि अरू अञ्चलका मोबाइलमा लोकल कलमात्र भएको ल्यान्डलाइनबाट फोन लाग्दैन। ल्यान्डलाइनबाट एउटा अञ्चलदेखि अर्को अञ्चलको मोबाइलमा कल गर्न एसटिडी सुविधा हुनुपर्छ।

ुएउटा अञ्चलको ल्यान्डलाइनबाट अर्को अञ्चलको मोबाइलमा कल गर्दा एसटिडीकै महसुल नलागे पनि सुविधा भने हुनैपर्थ्यो, त्यस्तो प्रावधान हटाउन लागिएको हो,ु थिकेले भने। अहिले ल्यान्डलाइनबाट देशभरि जहाँसुकैको मोबाइलमा कल गर्दा पनि मिनेटको एक रुपैयाँमात्र महसुल लाग्छ।

एउटा अञ्चलमा लिएको मोबाइल अर्कै अञ्चलमा पुगेर प्रयोगमा भइरहेकाले एसटिडी हुनैपर्ने प्रावधान अव्यावहारिक ठान्दै हटाउन लागिएको हो। ुयसबाट टेलिकमको आर्थिक पक्ष पनि राम्रो हुने हाम्रो विश्लेषण छ,ु उनले भने।

एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन गर्न मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने अपेक्षा टेलिकमको छ। विराटनगर वा नेपालगन्जमा रहेका टेलिकमका मोबाइल ग्राहक काठमाडौं आउँदा यहाँ स्थानीय कलमात्र भएको ल्यान्डलाइनबाट कल हुन सक्दैनथ्यो। साउनदेखि यो व्यवस्था हटाएर स्थानीय कलको सुविधामात्र भएको ल्यान्डलाइबाट पनि देशभरि जहाँसुकैका मोबाइलमा सिधै कल गर्न मिल्ने प्रावधान थप्दैछ।

टेलिकमले अहिले मोबाइलमा मेचीदेखि महाकालीसम्म जहाँ कल गरे पनि पोस्टपेडमा मिनेटको एक रुपैयाँ र प्रिपेडमा डेढ रुपैयाँमात्र लिने एकल महसुल दर लगाएको छ। तर, ल्यान्डलाइनमा भने लोकल,क,ख र ग  वर्ग गरी तीन प्रकारको महसुल छ।

एसटिडी सुविधा लिनैपर्ने र तीन वर्ग हटाएर भविष्यमा देशभरि एउटै लोकल दर लगाउनेतर्फ पनि टेलिकमले अध्ययन गरिरहेको छ।

Tuesday, July 10, 2012


कुनै हालतमा चुनाव हुन सक्दैनः विपक्षी दल

काँग्रेस एमालेसहित प्रमुख विपक्षी दलले मंसिर ७ मा घोषित गरेको चुनाव कुनै हालतमा नहुने ठोकुवा गरेका छन्। मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा उनीहरुले चुनावका लागि आवश्यक कानुन संशोधनमा सहमतिको सम्भावना नरहेको दाबी गरेका हुन्।
सरकारले दलीय सहमतिबिना एकतर्फी रुपमा चुनाव घोषणा गरेपछि त्यो असंवैधानिक हो भन्दै त्यसको विरोध जनाएरै हामी सरकारबाट बाहिरिएका थियौं,ु बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले भने, ुमाओवादी अध्यक्ष नै संविधानसभा ब्युँताउनुपर्छ भनेर हिँडेका छन्, त्यसबाहेक सबैजसो दल यो चुनावको विपक्षमा छन् कसरी हुन्छ चुनाव
उनले बरु लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले सहमति जुटाएर स्थानीय निकायको चुनाव गराउनुपर्ने बताए।कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले आफूहरु पार्टी निर्वाचनमा नडराउने, तर पूर्वाधार र सहमतिबिना राजनीतिक हैसियत गुमाइसकेको सरकारले तोकेको निर्वाचनमा भाग नलिने बताएका छन् । अन्तरिम संविधानमा संविधानसभाबाट संविधान जारी नभएमा दोस्रो चुनाव गराउने व्यवस्था नभएकाले संसदीय चुनावपछि मात्रै त्यसले संविधानसभाको चुनाव गराउन सक्ने बताए।
अहिले चुनावका लागि कानुनी बाधा परेपछि दलीय सहमति खोज्ने सरकाले चुनाव घोषणा गर्नुअघि किन सहमति नदेखेको उनले प्रतिप्रश्न गरे।

बैठकमा सहभागी एकीकृत माओवादी पोलिटब्युरो सदस्य नवराज सुवेदीले संविधानसभा विघटनपछि चुनावमा जानुको विकल्प नरहे पनि निर्वाचन गराउन दलीय सहमति आवश्यक रहेको बताए। दलहरुबीच सहमति बनेर संविधान संशोधन हुन नसके चुनाव हुन नसक्ने कुरा वताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अरु दललाई बाइपास गरेर माओवादी नेतृत्वको सरकारले चुनाव घोषणा गर्नु सत्ताकब्जाको रणनीति भएको आरोप लगाए।हुदै नहुने चुनाव निर्वाचन आयोगले हलो अड्काएर गोरु चुट्ने काम भएको नेता के.सीले वताए ।

दलहरु नमिले राजसंस्था व्युतन्छ ः हिसिला
एकीकृत ने.क.पा माओवादीकी नेतृ हिसिला यामीले दलहरु नमिले राजसंस्था व्युतने कुरा व्याक्त गरेकी छन् । रिपोर्टस नेपालले गरेको साक्षात्कारमा उनले यस्तो कुरा व्याक्त गरेकी हुन् । नेपालको वजेटको विषयलाई लिएर भएको साक्षात्कारमा पूर्ण वजेटको विकल्प नरहेको उल्लेख गर्नुभयो । सोहि कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्यायले जनता र राष्ट्रका लागि वजेट भएकाले सहमति विना वजेट आउन नसक्ने कुरा व्याक्त गरेका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य गगालाल तुलाधरले चुनावलाई तोकेर ल्याउने वजेट आँफू र आफ्नो पार्टीलाई स्वीकार्य नहुने कुरा व्याक्त गरेका थिए ।

Monday, July 9, 2012


पूर्वराजासँग लिखित सहमती भएको छैन ः सिटौला

 नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दश दिनभित्र राष्ट्रिय सहमति बन्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सहमतिको खाका कोरिइरहेको भन्दै देश नयाँ ढंगले अघि बढ्ने बताए ।
‘दश दिनभित्र देशमा नयाँ राष्ट्रिय सहमति बन्छ,’ सिटौलाले भने ‘राष्ट्रिय सहमतिको सरकार निर्माण भई विद्यमान गतिरोध अन्त हुन्छ ।’ रिपोटर्स क्लबको साक्षात्कारमा उनले सहमतिको विकल्प नभएको भन्दै त्यसका लागि सबै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए । नेपाली काँग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्दै त्यसका लागि जोडतोडका साथ छलफल चलिरहेको उनको भनाई थियो । सरकारको नेतृत्वबारे उठेको जिज्ञासामा भने,‘काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको एक घण्टाभित्र सर्वसम्मतबाट साझा उम्मेदवार दिन्छौं ।’ हाल चर्चामा आएका नामहरु हचुवाका भरमा ल्याइएको बताए । माओवादी, एमाले, मधेशवादी दललगायत सबै दलसँग नयाँ सहमति र सरकारबारे आफूहरुले कुराकानी गरिरहेको बताए । प्रधानमन्त्री डा।बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन गरी नयाँ सरकार गठन गर्नुको विकल्प नभएको तर्क गरे ।
चुनाव या संविधानसभा पुनःस्थापनाबाहेकको विकल्प नभएको भन्दै त्यसैलाई केन्द्रबिन्दुमा राखेर छलफल चलिरहेको खुलाए । काँग्रेस संविधानसभा पुनःस्थापनाको पक्षमा नभएको तर त्यसबारे छलफल गर्न तयार रहेको बताए । पार्टीभित्र पुनःस्थापनाबारे बहस उठेको जानकारी दिए । सहमतिका लागि विकल्पहरुबारे छलफल चलेपनि विद्यमान वाधाअड्चन फुकाउन राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नैपर्नेमा उनको जोड थियो । वर्तमान सरकारले तोकेको समयमा चुनाव हुननसक्ने ठोकुवा गर्दै राष्ट्रिय सहमतिको नयाँ सरकारले मात्र चुनाव गर्नसक्ने बताए ।
पूर्ण बजेट कुनै हालतमा आउननसक्ने तर्क गरे । पूर्ण बजेट ल्याउन कानुनी अड्चन भएको भन्दै एक तृतीयांश बजेट आउने बताए ।  अब बन्ने सरकारले सहमतिबाट पूर्ण बजेट ल्याउने उनको भनाई थियो ।
माओवादी इमान्दार नहुँदा मुलुकले ठूलो मूल्य चुकाउनुपरेको समेत बताए । उनले भने,‘माओवादी इमान्दार भएका भए सेना समायोजन धेरै पहिल्यै भएर देशले उहिल्यै निकास पाउँथ्यो ।’ आजसम्म भएका समस्याको दोषी माओवादी भएकाले उसले जिम्मेवार ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए । १२ बुँदे समझदारीबाट शुरु भएको शान्ति प्रक्रियाअनुरुप काम भएको भए देशले काँचुली फेरिसक्थ्यो भन्दै देशलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको चर्को आलोचना गर्दै सरकारले दिइआएको सुविधा खोस्नुपर्ने बताए । नागरिकका रुपमा चुपचाप नबसी राजनीतिक अभिव्यक्ति दिदै हिंड्नुलाई आपत्तीजनक भने । सिटौलाले भने,‘पूर्व राजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानबसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट हो । सम्झौता भएको छैन, भएको छ भने देखाउन चुनौती दिन्छु ।’ नभएको सहमति छ भन्दै सफेद झूट बोल्दै हिंड्नु पूर्व राष्ट्रप्रमुखलाई सुहाउँदैन । सरकारले दिइआएको सुविधा बिर्सेर जनतामा भ्रम छर्दै हिंड्नु गलत हो । ज्ञानेन्द्र शाहले हुँदै नभएको कुरा बोल्दै हिंड्नुका पछाडि पुनः राजा बन्ने सपना लुकेको हुनसक्ने बताए । शाहको राजतन्त्र फर्काउने सपनालाई नेपाली जनताले कहिल्यै स्वीकार्न नसक्ने भन्दै प्रतिगामी प्रवृत्तिको सामना नेपाली जनता आफैले गर्ने र गतिलो जवाफ दिने बताए ।
प्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारले दिइआएको सुविधाबारे तत्काल निर्णय गर्नुपर्ने बताए । माघ १९ ल्याउन उक्साउनेहरुले नै पूर्वराजालाई पछिल्लो अभिव्यक्ति दिदै हिंड्न उक्साइरहेको बताए । नेपालमा राजतन्त्र फर्कन नसक्ने ठोकुवा गर्दै उनले भने,‘देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, अब फेरि राजतन्त्र आउँछ भन्नु कोरा कल्पना मात्र हो । कसैले राजतन्त्र फर्काउँछु भन्नु मनको लड्डु घ्यूसित खानुबराबर हो ।’ गणतन्त्र संस्थागत हुननसकेको बारे सोधिएको प्रश्नमा उनले भने,‘ऋषि धमलाजी गणतन्त्र संस्थागत भइसकको छ । ज्ञानेन्द्र शाह नागरिक भएर नागार्जुन पसिसकेका छन् । उनले गल्ति दोहो¥याइरहे त्यो सुविधा समेत रहँदैन ।’

Thursday, July 5, 2012


पर्सामा तनाव
सरकारले आफ्नो सेवा र सुविधा कटौती गरेको भन्दै सडकमा उत्रिएका शिक्षकहरु र सुरक्षामा खटिएका प्रहरीहरुविच झडप भएको छ । झडपमा परि ३ जना शिक्षकहरु घाईते भएका छन् । घटनामा आक्रोशित शिक्षकहरुले प्रहरीका २ वटा गाडी समेत तोडफोड गरेका छन् ।

Monday, July 2, 2012



जिता २ तल्लो रायपालीमा खानेपानी सेवा वितरण
 जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने उखानलाई सार्थक पार्नका लागि लम्जुङ जिल्ला जिता गा.वि.स वार्ड नं २ तल्लो रायपालीलाई आफ्नो जन्मभूमि वनाएर चितवन जिल्ला चम्फानगर गा.वि.स मा वस्दै आएका तिर्थराज रेग्मीले आफ्नो आमाको संझना र आफू जन्मेको ठाँउमा खानेपानी सेवाको लागि पानीको ड्रम र पाईप वितरण गरेका छन् । उक्त सामानको वितरण सँगै सोही गाँउका ६ घरपरिवारका करिव ४० व्याक्तिहरु लाभान्वित भएको कुरा स्थानीय राजेन्द्र रेग्मीले वताए ।