Monday, June 18, 2012

एकीकृत नेकपा माओवादी औपचारिक रुपमा विभाजन




काठमाडौं , असार ४ ( विघटित संविधानसभाको सबैभन्दा ठूलो दल नेपाल माओवादी औपचारिक रूपमा विभाजन भएको छ । उपाध्यक्ष मोहन वैद्यले आइतबार कार्यकर्ताको राष्ट्रिय भेलामा गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मतले पारित गरेपछि माओवादी फुटेको हो ।

Saturday, June 16, 2012

स्नातक तह सन्चालनका लागि महायज्ञ,एक करोड भन्दा वढी रकम संकलन

लमजुङको कुन्छास्थित शान्ति उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको श्रीमद् भागवत सप्ताह महायज्ञवाट १ करोड भन्दा बढी रुपैँया संकलन भएको छ ।
विद्यालयको भौतिक एवं शैक्षिक स्तरमा वृद्धि तथा क्याम्पस स्थापनाका लागि संचालन गरिएको महायज्ञमा भागवत् भाष्कर यूवा पण्डित कमलनयन गौतमको मुखारावृन्दबाट वाचन भएको थियो ।
विद्यालयमा सवैभन्दा धेरै जिताका बामदेव गौलीले ५ लाख ५५ हजार ५ सय ५ रुपैँया दान गर्नुभयो । यसैगरि रुपाकोट कुशीमराङका ग्ाोर्ख्ाामेजर कृष्ण वहादुर गुरुङले २ लाख ११ हजार १ सय १ रुपैँया प्रदान गर्नुभयो । जिता घर भएका डाक्टर हरिचन्द्र न्यौपानेले २ लाख रुपैँया, कुन्छा घर भई हाल वेलायतमा वसोवास गर्नुहुने मिलन गुरुङले मिलन गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैँया र स्वर्ण्र्ााेट निर्माण, तनहुँ घर भई हाल वेलायतमा रहनुभएका आस वहादुर गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैँया, काठमाडौँका रामकुमार चुकेले १ लाख १० हजार १ रुपैँया, काठमाडौँकै प्रकाश चुकेले १ लाख १० हजार १ रुपैँया, नयाँदिल्ली नारायण विश्वशान्ति श्रेष्ठवाट १ लाख १० हजार १ रुपैँया, धुसेनी घर भई हाल पोखरा स्टार ट्रेड कर्न्र्सनका राजेन्द्र तिवारीवाट १ लाख ५ हजार १ रुपैँया, कुन्छा १ का हुकुमसिङ गुरुङवाट १ लाख १ हजार १ रुपैँया, रुपाकोट ९ का काशीदत्त मिश्रले १ लाख ५ सय ११ रुपैँया, कुन्छा ७, खमारीबोटका नारायण बहादुर शाहीले १ लाख १ सय ८ रुपैँया, कुन्छा २ का ध्रुव मल्लको परिवारजनबाट स्वर्गीय हजुरबुवा र पिताको स्मृतिमा १ लाख १ सय ८, ध्रुव मल्ल दाजु मोहन मल्लको स्मृतिमा थप कुन्छा ५० हजार १ सय ८, कुन्छा ३ का शुभनाथ मिश्रवाट १ लाख ८ रुपैँया, प्रधानाध्यापक मुक्तिनाथ घिमिरे -जीता) वाट १ लाख १ रुपैँया सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
यसैगरि, संघसंस्थाले पनि कुन्छास्थित कुन्छा उच्च माविलाई सहयोग गरेको विद्यालयले जनाएको छ । यसैक्रममा कुन्छा गा.वि.स.ले ४ लाख ५० हजार, च्वाईस नेपालले ४ लाख रुपैँया, कुन्छा गाविसमा रहेको कुन्छा गाविस सयुंक्त वाल क्लव -९वटा विद्यालयका विद्यार्थीहरु) वाट १ लाख १ सय ११ रुपैँया, कुन्छा २ गौली गाउँ सामुदायिक वन उपभोक्ताहरुबाट १ लाख १ सय ८ रुपैँया, कुन्छा गा.वि.स. दलित आरक्षणको १ लाख १ सय ८ रुपैँया विद्यालयलाई प्राप्त भएको वताईएको छ ।
विद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नति र क्याम्पस संचालनका लागि आयोजना गरिएको महायज्ञमा स्थानीवासिन्दाले धेरैभन्दा धेरै सहयोग गरेकाछन् । सहयोग गर्ने महानुभाव सवैलाई विद्यालयले धन्यावाद समेत ज्ञापन गरेको छ । विद्यालयमा एक सातासम्म महायज्ञ संचालन गरिएको थियो ।

लमजुङ जीतामा १२ वर्षपछि खानेपानी आयोजना सम्पन्न


             जिता गाँउ बिकास समतिको वडा नम्वर ४ र ५ मा १२ वर्षअघिदेखि निर्माणाधिन खानेपानी आयोजना सोमबार सम्पन्न भएको छ । २०५६ सालबाट शुरुभएको उक्त खानेपानी आयोजना सम्पन्न भएपछि सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । खानेपानी आयोजना सम्पन्न भएपछि स्थानियबासी खुशी भएका छन् । नेपाल सरकार, एशियाली बिकास बैक अर्न्तर्गत ग्रामिण पर्ुननिर्माण तथा पर्ुनस्थापना कार्यक्रम (थ्री आर० र स्थानिय बासिन्दाको जन श्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको हो । उक्त खानेपानी आयोजना सिन्दुरे गाँउ बिकास समितिको भाँगु गाँउबाट ल्यार्र्इर्र्एको हो ।
आयोजना सम्पन्न पश्चात सोमवार एक कार्यक्रमको आयोजना गरि पर्ूव जिविस सभापती एवं नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष जमिन्द्रमान घलेले उद्घाटन गर्नुभएको छ । उदघाटन कार्यक्रममा मन्तब्य राख्दै घलेले लामो समय लगाएर निर्माण गरिएको उक्त खानेपानी आयोजनालाई सरक्षण गर्न र पिउने पानी लागयत जिविकोपार्जनको लागि करेसाबारीमा पनि उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रामचन्द्र पराजुली, जिविस पर्ूव सदस्य एवं नेपाली काँग्रेस जिता गाँउ कार्य समितिका कार्यवहाक सभापती खेमराज पौडेल, नेकपा एमाले जिता गाँउ कमिटिका अध्यक्ष रामनाथ पौडेल, राप्रपा जिता गाँउ कार्यसमितिका अध्यक्ष कुलप्रसाद पौडेल, जिल्ला बिकास समितिका इन्जीनियर बामदेव पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
१२ बर्षअघि शुरु भएको सो आयोजना तत्कालीन दन्द्ध र सरकारले उपलब्ध गराएको बजेट पर्याप्त नहुँदा सम्पन्न हुन सकेको थिएन । आयोजना लागि जिल्ला बिकास समितिले रु ३७ लाख २० हजार ४ सय २०, ग्रामिण पर्ुननिर्माण तथा पर्ुनस्थापना कार्यक्रम बाट ३१ लाख ४९ हजार ५ सय ३८ र स्थनियबासीको करिव ५ लाख ६६ हजार २ सय ८० वराबरको जनश्रमदानबाट निर्माण भएको हो ।
आयोजना मुख्य लाइन ८ किलोमिटर र शाखा करिव २ किलोमिटर गरि करिव १० किलोमिटर लामो रहेको छ । १२ हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गरि १३ वटा धाराबाट पानी बितरण गरिएको छ । उक्त आयोजनाबाट जिता गाविसको वडा नम्वर ४ र ५ का करिव ७० घर धुरीका ६ सय १२ जना लाभान्वित भएका छन् । खानेपानीको लागी घन्टौ हिड्नुपर्ने बाध्यता भएका जिताबासीलाई गाँउमै खानेपानी आयोजना निर्माण भएपछि गाउँलेहरु उद्घाटन कार्यक्रममा नाचगान समेत गरेका थिए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष हेमलाल गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पानि दिने सिन्दुरेका भाँगुका मुहान बासीलाइ सम्मान गरिएको खानेपानी निर्माण समितिका सचिव बिरसिङ खवासले जानकारी दिनुभयो ।

माओवादीको वैद्य पक्षको भेला आजदेखि राजधानीमा शुरु

            
माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले शनिबारदेखि आफूपक्षीय ुराष्ट्रिय कार्यकर्ता भेलाु गर्दैछ । बौद्धस्थित शेर्पा सेवा केन्द्रमा गरिने भेलाको शनिबार उपाध्यक्ष वैद्यले उद्‍घाटन गर्नेछन् ।

माओवादीको नेवाः राज्य कमिटी इञ्चार्ज हितमान शाक्यले आफ्नो विचार समूह समर्थित अधिकांश नेता, कार्यकर्ता आइसकेको र केही आउने क्रम जारी रहेको जानकारी दिए । करिब दुई हजार राज्य समिति सदस्य सहभागी हुने दाबी गर्दै भेलाका लागि नाम दर्ता गर्ने कार्य जारी रहेको उनले बताए । ुसाथीहरू आउने क्रम जारी छ । शनिबार बिहानसम्म पनि नाम दर्ताको क्रम जारी रहन्छ,ु पोलिटब्युरो सदस्य शाक्यले भने ।

वैद्य पक्षीय अर्का पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले संस्थापन पक्ष जनवादी क्रान्ति र मालेमावादको सिद्धान्तमा रूपान्तरण भए एकताको सम्भावना अझै रहेको बताए । ुअध्यक्ष प्रचण्ड ९पुष्पकमल दाहाल० र उपाध्यक्ष बाबुरामजी रूपान्तरण भएर आएमा पार्टी एकता हुन सक्छ,ु उनले भने ।

पार्टी एकताबारे संस्थापन पक्षसँग छलफल जारी रहने उनले बताए । शुक्रबार वैद्य पक्ष पोलिटब्युरो बैठकले पनि संस्थापन पक्षसँग वार्ता जारी राख्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहालले शुक्रबार संस्थापन पक्षको खुल्लामञ्चको सभामा पनि वैद्य पक्षलाई एकताका लागि आह्वान गरेका थिए । त्यसअघि दाहालले एकताका लागि सातबुँदे लिखित प्रस्ताव वैद्यसमक्ष पेस गरेका थिए । वैद्य पक्षले उक्त प्रस्ताव अमूर्त भएको भन्दै बिहीबार आफ्नो प्रत्युत्तर बुझाएको छ । अध्यक्षको प्रस्ताव स्पष्टतासहित र माग सम्बोधन गर्ने खालको भए भेला स्थगनको मनस्थिति बनाएको तर त्यसो नभएकाले भेला गर्ने निर्णयमा पुगेको वैद्यले बताएको थियो ।

पोलिटब्युरो सदस्य शाक्यले राज्य समिति सदस्यहरूसँग छलफल गरेर नयाँ पार्टीको जन्म हुन सक्ने बताए । ुनयाँ धार जन्मिसकेको छ, नयाँ धारबाटै नयाँ पार्टी जन्मन सक्छ,ु उनले भने ।

भेलामा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले सांगठनिक, सचिव सीपी गजुरेलले समसामयिक राजनीतिक र स्थायी समिति सदस्य देव गुरुङले विभागको प्रतिवेदन प्रस्तुत गर्ने छन् । तीन दिनसम्म चल्ने  भेलाका सहभागीका लागि दिउँसो खाना व्यवस्था शेर्पा सेवा केन्द्रमै गरिएको छ ।

काँग्रेस एमालेद्धारा आन्दोलनको घोषणा



काठमाडौं , अषाढ २ ( कांग्रेस(एमालेसहितका प्रतिपक्षी दलहरुले सरकारविरुद्धका आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । राजधानीमा शनिबार बसेको २७ दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् ।

Tuesday, June 12, 2012

एसएलसीको रिजल्ट आज वेलुकासम्म हुने



भक्तपुर, ३१ जेठ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष सञ्चालित प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ। कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ । उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।

कार्यालयले बुधबार परीक्षाफल प्रकाशन गर्न अपराह्न बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ। कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्ष पनि गत वर्षजस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो।

यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९७४ र एक्जाम्टेडतर्फ ८२ हजार २८३ जना परीक्षार्थी सहभागी भएका छन्।