Saturday, June 16, 2012

स्नातक तह सन्चालनका लागि महायज्ञ,एक करोड भन्दा वढी रकम संकलन

लमजुङको कुन्छास्थित शान्ति उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको श्रीमद् भागवत सप्ताह महायज्ञवाट १ करोड भन्दा बढी रुपैँया संकलन भएको छ ।
विद्यालयको भौतिक एवं शैक्षिक स्तरमा वृद्धि तथा क्याम्पस स्थापनाका लागि संचालन गरिएको महायज्ञमा भागवत् भाष्कर यूवा पण्डित कमलनयन गौतमको मुखारावृन्दबाट वाचन भएको थियो ।
विद्यालयमा सवैभन्दा धेरै जिताका बामदेव गौलीले ५ लाख ५५ हजार ५ सय ५ रुपैँया दान गर्नुभयो । यसैगरि रुपाकोट कुशीमराङका ग्ाोर्ख्ाामेजर कृष्ण वहादुर गुरुङले २ लाख ११ हजार १ सय १ रुपैँया प्रदान गर्नुभयो । जिता घर भएका डाक्टर हरिचन्द्र न्यौपानेले २ लाख रुपैँया, कुन्छा घर भई हाल वेलायतमा वसोवास गर्नुहुने मिलन गुरुङले मिलन गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैँया र स्वर्ण्र्ााेट निर्माण, तनहुँ घर भई हाल वेलायतमा रहनुभएका आस वहादुर गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैँया, काठमाडौँका रामकुमार चुकेले १ लाख १० हजार १ रुपैँया, काठमाडौँकै प्रकाश चुकेले १ लाख १० हजार १ रुपैँया, नयाँदिल्ली नारायण विश्वशान्ति श्रेष्ठवाट १ लाख १० हजार १ रुपैँया, धुसेनी घर भई हाल पोखरा स्टार ट्रेड कर्न्र्सनका राजेन्द्र तिवारीवाट १ लाख ५ हजार १ रुपैँया, कुन्छा १ का हुकुमसिङ गुरुङवाट १ लाख १ हजार १ रुपैँया, रुपाकोट ९ का काशीदत्त मिश्रले १ लाख ५ सय ११ रुपैँया, कुन्छा ७, खमारीबोटका नारायण बहादुर शाहीले १ लाख १ सय ८ रुपैँया, कुन्छा २ का ध्रुव मल्लको परिवारजनबाट स्वर्गीय हजुरबुवा र पिताको स्मृतिमा १ लाख १ सय ८, ध्रुव मल्ल दाजु मोहन मल्लको स्मृतिमा थप कुन्छा ५० हजार १ सय ८, कुन्छा ३ का शुभनाथ मिश्रवाट १ लाख ८ रुपैँया, प्रधानाध्यापक मुक्तिनाथ घिमिरे -जीता) वाट १ लाख १ रुपैँया सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
यसैगरि, संघसंस्थाले पनि कुन्छास्थित कुन्छा उच्च माविलाई सहयोग गरेको विद्यालयले जनाएको छ । यसैक्रममा कुन्छा गा.वि.स.ले ४ लाख ५० हजार, च्वाईस नेपालले ४ लाख रुपैँया, कुन्छा गाविसमा रहेको कुन्छा गाविस सयुंक्त वाल क्लव -९वटा विद्यालयका विद्यार्थीहरु) वाट १ लाख १ सय ११ रुपैँया, कुन्छा २ गौली गाउँ सामुदायिक वन उपभोक्ताहरुबाट १ लाख १ सय ८ रुपैँया, कुन्छा गा.वि.स. दलित आरक्षणको १ लाख १ सय ८ रुपैँया विद्यालयलाई प्राप्त भएको वताईएको छ ।
विद्यालयको भौतिक तथा शैक्षिक स्तरोन्नति र क्याम्पस संचालनका लागि आयोजना गरिएको महायज्ञमा स्थानीवासिन्दाले धेरैभन्दा धेरै सहयोग गरेकाछन् । सहयोग गर्ने महानुभाव सवैलाई विद्यालयले धन्यावाद समेत ज्ञापन गरेको छ । विद्यालयमा एक सातासम्म महायज्ञ संचालन गरिएको थियो ।

No comments:

Post a Comment