Thursday, April 19, 2012

कुन्छामा व्यापक असिना पानी



लमजुनको पुरानो सदरमुकामको रुपमा चिरपरिचित कुन्छामा नयाँ वर्षको आगमन सँगसँगै आएको हावाहुरी र असिना पानीले गर्दा करोडौँ रुपैँया बराबरको धनमाल नष्ठ गरेको छ । निरन्तर रुपमा चारघण्टासम्म परेको हावाहुरी र असिना पानीले यस्तो क्षती पुराएको हो । साथसाथै छिमेकी गा.वि.स र तनहुँको मिर्लुनमा समेत क्षती पुराएको यहाँका स्थानीय बासिन्दाहरु बताउँछन् ।

Friday, April 13, 2012

प्रधान सेनापतिद्धारा २ लाख सहयोग

 
         प्रधान सेनापति छत्रमान सिंह गुरुङद्धारा आफूले क, ख, र सिकेको स्कूल श्री शान्ति उच्च माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवशरमा २ लाख सहयोग गरेका छन् । लमजुङ जिल्लाको तात्कालीन सदरमुकाम कुन्छामा रहेको विद्यालयमा २०२४ सालमा प्रवेशिका परिक्षा उर्तिण गरेका थिए । उक्त विद्यालयको स्वर्ण जयन्तीमा भाग लिन प्रधानसेनापति हेलिकप्टरमा पुगेका थिए । स्वर्ण जयन्तीको अवशरमा विभिन्न किसिमका खेलकुँद (भलिवल, फुटवल, चम्चादौड, हाईजम्प, लङजम्प), कविता प्रतियोगिता , निवन्ध प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा भाग लिने विजयी खेलाडीहरुलाई प्रधानसेनापति गुरुङले पुरस्कार वितरण तथा सम्मान गरेको कुरा विधालयका प्रधानाध्यापक मुक्तिनाथ घिमिरेले बताए ।