Saturday, June 16, 2012

माओवादीको वैद्य पक्षको भेला आजदेखि राजधानीमा शुरु

            
माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले शनिबारदेखि आफूपक्षीय ुराष्ट्रिय कार्यकर्ता भेलाु गर्दैछ । बौद्धस्थित शेर्पा सेवा केन्द्रमा गरिने भेलाको शनिबार उपाध्यक्ष वैद्यले उद्‍घाटन गर्नेछन् ।

माओवादीको नेवाः राज्य कमिटी इञ्चार्ज हितमान शाक्यले आफ्नो विचार समूह समर्थित अधिकांश नेता, कार्यकर्ता आइसकेको र केही आउने क्रम जारी रहेको जानकारी दिए । करिब दुई हजार राज्य समिति सदस्य सहभागी हुने दाबी गर्दै भेलाका लागि नाम दर्ता गर्ने कार्य जारी रहेको उनले बताए । ुसाथीहरू आउने क्रम जारी छ । शनिबार बिहानसम्म पनि नाम दर्ताको क्रम जारी रहन्छ,ु पोलिटब्युरो सदस्य शाक्यले भने ।

वैद्य पक्षीय अर्का पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले संस्थापन पक्ष जनवादी क्रान्ति र मालेमावादको सिद्धान्तमा रूपान्तरण भए एकताको सम्भावना अझै रहेको बताए । ुअध्यक्ष प्रचण्ड ९पुष्पकमल दाहाल० र उपाध्यक्ष बाबुरामजी रूपान्तरण भएर आएमा पार्टी एकता हुन सक्छ,ु उनले भने ।

पार्टी एकताबारे संस्थापन पक्षसँग छलफल जारी रहने उनले बताए । शुक्रबार वैद्य पक्ष पोलिटब्युरो बैठकले पनि संस्थापन पक्षसँग वार्ता जारी राख्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहालले शुक्रबार संस्थापन पक्षको खुल्लामञ्चको सभामा पनि वैद्य पक्षलाई एकताका लागि आह्वान गरेका थिए । त्यसअघि दाहालले एकताका लागि सातबुँदे लिखित प्रस्ताव वैद्यसमक्ष पेस गरेका थिए । वैद्य पक्षले उक्त प्रस्ताव अमूर्त भएको भन्दै बिहीबार आफ्नो प्रत्युत्तर बुझाएको छ । अध्यक्षको प्रस्ताव स्पष्टतासहित र माग सम्बोधन गर्ने खालको भए भेला स्थगनको मनस्थिति बनाएको तर त्यसो नभएकाले भेला गर्ने निर्णयमा पुगेको वैद्यले बताएको थियो ।

पोलिटब्युरो सदस्य शाक्यले राज्य समिति सदस्यहरूसँग छलफल गरेर नयाँ पार्टीको जन्म हुन सक्ने बताए । ुनयाँ धार जन्मिसकेको छ, नयाँ धारबाटै नयाँ पार्टी जन्मन सक्छ,ु उनले भने ।

भेलामा उपाध्यक्ष वैद्यले राजनीतिक, महासचिव रामबहादुर थापाले सांगठनिक, सचिव सीपी गजुरेलले समसामयिक राजनीतिक र स्थायी समिति सदस्य देव गुरुङले विभागको प्रतिवेदन प्रस्तुत गर्ने छन् । तीन दिनसम्म चल्ने  भेलाका सहभागीका लागि दिउँसो खाना व्यवस्था शेर्पा सेवा केन्द्रमै गरिएको छ ।

No comments:

Post a Comment