Tuesday, June 12, 2012

एसएलसीको रिजल्ट आज वेलुकासम्म हुने



भक्तपुर, ३१ जेठ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष सञ्चालित प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ। कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ । उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।

कार्यालयले बुधबार परीक्षाफल प्रकाशन गर्न अपराह्न बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ। कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्ष पनि गत वर्षजस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो।

यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९७४ र एक्जाम्टेडतर्फ ८२ हजार २८३ जना परीक्षार्थी सहभागी भएका छन्।

No comments:

Post a Comment