Tuesday, July 24, 2012

दलहरुको सहमति विना निर्वाचनको मिति नसार्न सुझाव


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच सहमति नगरी निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिनु भएको छ। एमालेको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सम्बन्धी स्मारिकाको मंगलबार पार्टी मूख्यालयमा सानेपामा विमोचन गर्दै उहाँले सहमति बिना संविधानसभा निर्वाचनको मिति सारे पनि निर्वाचन भने हुनै हालतमा नहुने ठोकुवा गर्नुभयो।
अध्यक्ष खनालले अहिले पनि सहमतिको विकल्प नभएको भन्दै सत्ताधारी दलहरुलाई  सर्वसत्तावादी सोच त्यागेर राष्ट्रिय सहमतिमा आउन आग्रह गर्नुभयो। सरकारले संवैधानिक अंगमा रिक्तता बढाएर संक्रमणकालमा आफ्नो सत्ता लम्ब्याउन खोजिरहेको उहाँको भनाई थियो ।

No comments:

Post a Comment