Tuesday, July 10, 2012


कुनै हालतमा चुनाव हुन सक्दैनः विपक्षी दल

काँग्रेस एमालेसहित प्रमुख विपक्षी दलले मंसिर ७ मा घोषित गरेको चुनाव कुनै हालतमा नहुने ठोकुवा गरेका छन्। मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा उनीहरुले चुनावका लागि आवश्यक कानुन संशोधनमा सहमतिको सम्भावना नरहेको दाबी गरेका हुन्।
सरकारले दलीय सहमतिबिना एकतर्फी रुपमा चुनाव घोषणा गरेपछि त्यो असंवैधानिक हो भन्दै त्यसको विरोध जनाएरै हामी सरकारबाट बाहिरिएका थियौं,ु बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले भने, ुमाओवादी अध्यक्ष नै संविधानसभा ब्युँताउनुपर्छ भनेर हिँडेका छन्, त्यसबाहेक सबैजसो दल यो चुनावको विपक्षमा छन् कसरी हुन्छ चुनाव
उनले बरु लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले सहमति जुटाएर स्थानीय निकायको चुनाव गराउनुपर्ने बताए।कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले आफूहरु पार्टी निर्वाचनमा नडराउने, तर पूर्वाधार र सहमतिबिना राजनीतिक हैसियत गुमाइसकेको सरकारले तोकेको निर्वाचनमा भाग नलिने बताएका छन् । अन्तरिम संविधानमा संविधानसभाबाट संविधान जारी नभएमा दोस्रो चुनाव गराउने व्यवस्था नभएकाले संसदीय चुनावपछि मात्रै त्यसले संविधानसभाको चुनाव गराउन सक्ने बताए।
अहिले चुनावका लागि कानुनी बाधा परेपछि दलीय सहमति खोज्ने सरकाले चुनाव घोषणा गर्नुअघि किन सहमति नदेखेको उनले प्रतिप्रश्न गरे।

बैठकमा सहभागी एकीकृत माओवादी पोलिटब्युरो सदस्य नवराज सुवेदीले संविधानसभा विघटनपछि चुनावमा जानुको विकल्प नरहे पनि निर्वाचन गराउन दलीय सहमति आवश्यक रहेको बताए। दलहरुबीच सहमति बनेर संविधान संशोधन हुन नसके चुनाव हुन नसक्ने कुरा वताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अरु दललाई बाइपास गरेर माओवादी नेतृत्वको सरकारले चुनाव घोषणा गर्नु सत्ताकब्जाको रणनीति भएको आरोप लगाए।हुदै नहुने चुनाव निर्वाचन आयोगले हलो अड्काएर गोरु चुट्ने काम भएको नेता के.सीले वताए ।

No comments:

Post a Comment