Monday, July 23, 2012

एस डि यूवा क्लव भोर्लेटार विजयी


लमजुङ ८ असार । लमजुङ जिल्लाको पश्चिम क्षेत्र जिता गाँउ विकाश समिती वार्ड नं. ४ जिताकोटमा यस क्षेत्रको गुरुङ परम्परा अनुसार श्रावण १ गते राँको बाल्ने र श्रावण २ गते राँको बार्ने परम्परा रहिआएको छ । राँको बार्ने दिनमा स्थानिय यूवाहरुले स्थानीय स्तरमा फुटवल प्रतियोगिताको आयोजना गर्ने कार्य धेरै पहिलादेखि नै चलिआएको थियो । हाल आएर उक्त प्रतियोगिताले क्षेत्रीय स्वरुप प्राप्त गरेको छ ।  उक्त प्रतियोगितामा एस डि यूवा क्लव भोर्लेटार ए ले रेड स्टार यूवा क्लव जिता चिण्डेलाई ४–२ गोल अन्तरले हराएर प्रथम भएको छ भने रेड स्टार यूवा क्लव जिता दोश्रो भएको छ । कार्यक्रमका विजेता र उपविजेता टिमलाई मिलन शान्ति यूवा क्लवका अध्यक्ष विरसिंह खवास, मन्जावहादुर गुरुङ नेकपा माओवादी जिल्ला कमिटीका सदस्य वलराम पौडेलले विजेता टिमलाई राँगो, मेडल, प्रमाणपत्र र नगद ३००० रुपैंया वितरण गर्नुभएको थियो भने उपविजेता टिमलाई खसि, मेडल, प्रमाणपत्र र नगद ३००० रुपैया वितरण गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडिको पदक जाल्पादेवी यूवा क्लवका अमित गुरुङले पाए भने सवैभन्दा धेरै गोल हान्ने खेलाडिको पदक एस डि यूवा क्लव भोर्लेटार ए का खेलाडि मिनबहादुर गुरुङले पाएका थिए । जसले सवैभन्दा धेरै अर्थात १४ गोल हानेका थिए ।  श्रावण सक्रान्तिको शुभ अवशर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा विभिन्न ४ जिल्लाका ३७ टोलीको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment