Thursday, May 22, 2014

भोटेवडारमा मोटरेवल पुल संपन्न नहुँदा उपभोक्ता मर्कामा

केशवप्रसाद अधिकारी
भोटेओडार
। लमजुङको भोटेओडार भारते बेलघारी जोड्ने मोटरेवल पुल तोकीएको समयमा संपन्न नहुँदा उपभोक्ताहरु मर्कामा परेका छन् । पूर्बी लमजुङको ढोकाको रुपमा रहेको सो मोटरेवल पुल ताकिएको समयमा सम्पन्न नहुँदा फेरी पनि पहिलेकै जसो गरी निर्माण कार्य सकिने बेलामा पुल भत्कीने पो हो की भन्ने संका उत्पन्न हुन थालेको छ । पुल निर्माणको ९० प्रतिसत कार्य ६ महिना अगाबै सकीएको भनीएपनि अहिलेसिम्म पुलको बाँकी निर्माण कार्य गरिएको छैन ।
स्थानीय बासीन्दाको पटक पटकको आग्रह र दवाव हुँदा हुँदै पनि पुलको काम समयमै सम्पन्न नहुँदा यतिबेला पुलका सम्बन्धमा विभिन्न टिप्पणी र बहस हुन थालेको छ । पुल को निर्माणका क्रममा गुणस्तरमा ध्यान नदिइएकाले पुलको गुणस्तरमा पनि शंका उपशंकाहरु उत्पन्न हुन थालेका छन् । कतिपयले पुल धेरै नटिक्ने तर्क गर्न थालेका छन । केही उपभोक्ताले मोटरबाटोको माध्यमबाट भोटेओडार बेलघारी जोड्ने उपभोक्ताहरुको आशा, निराशा मा बद्लिने त होइन भनि प्रश्न गर्न थालेका छने ।
बर्षात शुरु हुन अब धेरै बाँकी नरहेकाले निर्माणाधिन मोटरेवल पुलले पुनः विगतकै नियति भोग्नुपर्ने त होइन भनि शंका उत्पन्न हुन थालेको छ । समयमै काम सम्पन्न नहुनाले समग्र पूर्बी लमजुङको बिकासको ढोका पनि खुल्न नसकेको पूर्वी लमजुङबासीको गुनासो छ ।
२ बर्षभत्रमा निर्माण कार्य संपन्न गर्ने गरी शुरु गरीएको मोटरेवल पुल ७ बर्षबितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन नसक्दा पनि संबन्धित निकाय मौन बसीरहेकोमा यहाँका बासीन्दा थप आर्श्चर्यचकित भएका छन् । पुल कहिले सकिन्छ र मोटरमा आवत जावत गर्न पाइन्छ भन्ने स्थानीयबासीको प्रश्नमा सरोकारवालाहरु कहिले “दशैँ अगाबै सकिन्छ तपाइँ ढुक्क हुनुहोस्” भन्ने गर्छन त कहिले “मंसीर भित्र” अनि कहिले काहीँ “बैसाख सम्ममा त बन्छ बन्छ तपाइँ ढुक्क हुनुस्” भन्दै उपभोक्ताहरुलाई भाका सार्ने गरेको गुनासो स्थानीयको छ ।
दुई बर्षा सकिनु पर्ने काम सात बर्षम्म पनि नसिकिँदा पनि सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगरेकोमा स्थानीय बासीन्दा गुनासो गर्छन् । बेलघारीमा पुल बनेपछि पर्ूर्वी लमजुङको विकासको ढोका खुल्ने आशामा बसेका यस क्षेत्रका बासीन्दाको आशामा तुषरापात हुँदा पनि यस क्षेत्रको विकासका लागि ठूला ठूला भाषण गर्ने राजनीतिक दलका नेताहरुले चुँ सम्म नबोल्नुलाई पनि र्सवसाधारणले अचम्म मानेका छन् ।
समयमा पुल नबनेपछि अब यहाँका बासीन्दा कारण खोज्न सम्बन्धित निकायमा गई आन्दोलन गर्ने मनस्थितिमा छन् । आन्दोलन नगरेसम्म केही नहुने ठहर गर्दै उनीहरु आफ्नो ठाउँबाट आवाज उठाउने तयारीमा छन् । पुल निर्माणमा ढिलाई के समस्याले भएको भन्ने स्पष्ट जवाफ सम्बन्धित निकायबाट पाउने आशामा उनीहरु छन् ।

No comments:

Post a Comment