Wednesday, May 14, 2014

नेपाल निर्माणको काम विद्यार्थीहरुकै काँधमा : नेता घर्ती

लमजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद दीलबहादुर घर्तीले नव नेपाल निर्माणको काम अब युवा विद्यार्थीहरुकै काँधमा आइपरेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघ लमजुङको ११ औं जिल्ला अधिवेशनको सुन्दरबजारमा उद्घाटन गर्दै र्घर्तीले नेपालमा भएका हरेक क्रान्ति र परिवर्तनमा नेपाली युवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । ००७ सालदेखि हालसम्मका हरेक क्रान्ति र आन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको भन्दै कांग्रेसको आन्दोलनलाई कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ र तरुण दलले सफल तुल्याएको बताउनुभयो ।
नेपाल विद्यार्थी संघले शैक्षिक देखि राजनीतिक आन्दोलनमा समेत अग्रणी र महत्वपपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता र्घर्तीले युवा विद्यार्थीहरुकै बलमा देशमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै अब यसलाई फलाउने फुलाउने जिम्मा पनि युवा विद्यार्थीहरुकै काँधमा रहेको बताउनुभुयो ।
उहाँले अब आउने माघ ८ भित्र सबै राजनीतिक दलहरुको सहयोगमा लोकतान्त्रिक संविधान जारी हुने भन्दै ढुक्क रहन पनि आग्रह गर्नुभयो ।
विशेष अतिथि सभासद चन्द्रबहादुर कुँवरले आजका विद्यार्थीहरु नै भोलि देशका कर्णदार हुने भएकाले विद्यार्थीहरु सधैं असल बाटोमा लाग्नु पर्ने बताउनुभयो । हरेक आन्दोलनमा युवा विद्यार्थीहरुको भूमिका महत्वपर्ूण हुने भन्दै कुँवरले नेपालको राजनीतिक आन्दोनमा नेविसंघले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।
कांग्रेसको मेरुदण्ड युवा विद्यार्थी भएकाले पार्टर्ीीई बलियो बनाउन नेपाल विद्यार्थी संघको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला, पूर्व सभापति तुलसी नारायण श्रेष्ठ, जिल्ला कार्य समितिका सचिव आनन्द घिमिरे, क्षेत्रीय सभापतिहरु विष्णु धिताल र जीवनकुमार श्रेष्ठ, नेपाल तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डे, नेविसंघका पूर्व अध्यक्ष नेत्रसिंह महर्जन, उपाध्यक्ष बासु कोइराला, पूर्व महामन्त्री जीतजंग बस्नेत, केन्द्रीय प्रतिनिधि सानुबाबु महर्जन, जिल्ला कार्य समितिका अध्यक्ष शंकरराज घिमिरे लगायतले नेपालको विद्यार्थी र राजनीतिक आन्दोलनमा नेविसंघले खेलेको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम नेविसंघ लमजुङ क्याम्पस इकाइका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment