Sunday, January 20, 2013

सप्तधारा मावि जीताको ८० औ बार्षिकोत्सव सम्पन्न

सन्देश पौडेल लमजुङ माघ ७
दक्षिण पश्चिम लमजुङको जिता गाबिस स्थित सप्तधारा माध्यमीक बिद्यलयको ८०औ बार्षिकोत्सव समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । एकिकृत नेकपा माओबादी महाअधिबेसन आयोजक समिति सदस्य देवेन्द्र पराजुलीको प्रमूख अतिथ्यतामा बिद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिट सदस्य राजकुमार श्रेष्ठ, रामबहादुर बिक, नेपाली काँग्रेस जिता गाँउकार्य समिति सभापती खेमराज पौडेल, नेकपा एमाले जिता गाँउ कमिटी अध्यक्ष रामनाथ पौडेल, अखिल नेपाल शिक्षक सँगठन लमजुङका उपाध्यक्ष इश्वरी पौडेल, नेपाल राष्ट्रिय शिक्षक सँगठन लमजुङका सचिव राजु थापा, जिल्ला शिक्षा कार्यलय अन्तर्गत सूर्यपाल श्रोतकेन्द्का श्रोत ब्यक्ती काशीनाथ साँखी, शान्ती उच्च माबि कुन्छाका शिक्षक तिर्थ राज गौलि, सम्झना माबि समिभन्ञ्याङका शिक्षक मेमबहादुर गुरुङ, राम बालोदय निमाबि सूर्यपालकी शिक्षिका शकुन्तला साँखी, शिक्षक अभिभावक सघका अध्यक्ष हरेराम पौडेल, अभिभावक ठाकूर प्रसाद पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
बिद्यालय ब्यस्थापन समितिको अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक बिष्णुहरी तिवारीले बिद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सोहि बिद्यालयका शिक्षक मनु गिरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका चन्दादाताहरुलाई सम्मान गरिनुका साथै जिता–६ स्थित बडहरे पाताल सामुदायिक बनउपभोक्ता समीतीद्धारा प्राबि तहमा अध्यनरत १० जना बिद्यार्थीहरुलाई प्रदान गरिएको छात्रबृति बितरण गरिएको थियो । यस्तै स्थानिय लक्ष्मण थापाद्धारा स्वर्गीय पितामाता नोय बहादुर थापा र डिलमाया थापाको स्मृतीमा १० जनालाई प्रदान गरिएको छात्रबृती बितरण गरीएको थियो । यसैगरी बमबहादुर थापा जितालीले आफना आमा बुबाको नाममा स्थापना गर्नुभएको बसुन्धरा प्रेम पुरस्कार कक्ष आठ र नौका उत्कृष्ट एक छात्र र एक छात्रालाई प्रदान गरिएको थियो ।
बिद्यालयको ८० औ बार्षिकोत्सवको अवसरमा बिद्यालयका शिक्षक शिव अधिकारीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानीत गरिएको शिक्षक चिनबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बिबिध सास्कृतीक कार्यक्रम गरिनुको साथै बार्षिकोत्सवको आवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिाताका बिजेताहरुलाइ पुरस्कार पनि बितरण गरिएको थियो

No comments:

Post a Comment