Wednesday, January 2, 2013

लमजुङमा १८ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न






लमजुङ, १८ पुस । पूर्वी लमजुङको बिचौरमा महभिर खोला लघु जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । बिचौर गाउँ विकास समिति– ७ भुम्लीचोकमा सात महिनाअघि निर्माण कार्य सुरु गरिएको १८ किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीय १६० घरधुरीका जनता लाभान्वित भएका छन् । आयोजना ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । 
आयोजना निर्माण गर्नका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र÷ग्रामीण सशक्तीकरण समाज दमौलीबाट रु २४ लाख ३२ हजार,  जिल्ला विकास समितिबाट रु पाँच लाख, जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिबाट रु चार अनुदान प्राप्त भएको थियो । नपुग रकम स्थानीय बासिन्दाले जनश्रमदान र चन्दाबाट पूर्ति गरेको आयोजना निर्माण समितिका अध्यक्ष जीतबहादुर गुरुङले बताउनुभयो ।लघु जलविद्युत् आयोजना सम्पन्न भई बिजुली बलेपछि गाउँलेमा खुसियाली छाएको छ । वरपरका गाउँमा बिजुली बलेको देखेका गाउँलेले आफ्नै गाउँमा पनि बिजुली बत्ती बाल्ने अठोटका साथ आयोजनाको निर्माणमा लागिपरेका थिए । 

No comments:

Post a Comment