Wednesday, January 2, 2013

बर्थडे गिफ्ट बाल हेल्प लाइनलाई


सन्देश पौडेल÷लमजुङ
पौष १९ । जन्मदिनको अवसरमा जसको जन्मदिन हो उसलाई शुभकामना सहित प्राय उपहार दिने गरिन्छ । तर जसको जन्मदिन हो उसले अरुलाई उपहार दिएको प्राय कमै सुन्न पाइन्छ । तर लमजुङमा भने एक बालिकाले आफनो जन्मदिनको अवसरमा बालबालिकाको लागि सञ्चालन हुन लागेको एक सस्थालाईनै आर्थिक सहयोग गरेकी छन् । ललितपुर स्थित जावलाखेल घर भई छुट्टि मनाउन केहि समय लमजुङमा आएकी जेसिका प्रधानले आफनो १५ औ जन्मदिनको अवसरमा लमजुङमा सञ्चालन हुन लागेको बाल हेल्पलाइनको लागि नगद पाँच हजार सहयोग गरेकी हुन ।
काठमाण्डौको सिजी मनिपाल क्याम्पीयन स्कूलमा कक्षा नौ मा अध्यनरत जेसीका प्रधानले जन्मदिनको अवसरमा खाइ पिइ खर्च हुने रकम कटौति गरी बालबालिकाहरु बिच सेवा गर्ने उद्देश्यले बाल हेल्पलाइन सञ्चालनका लागि सहयोग गरेको बताइन । आफनो दिदी र आमा बुबाको प्रेरणाले समाज सेवा गर्न उत्प्रेरणा पाएको बताउदै करिव दुइ हप्ताको लागि बेसीशहर आएकी जेसीकाले बालबालिकाहरुको लागि सहयोग गर्न पाउदा खुशी लागेको बताइन । “मेरो दिदीले आफनो जन्मदिनको अवसरमा एच आइ भि पिडितलाई सहयोग गर्नुभएको थियो र मलाइ पनि दिदिले जस्तै सामाजिक सेवा गर्ने इच्छा लागेको थियो” जेसीकाले भनिन् । “लमजुङ जस्तो ठााउमा आएर नयाँ काम गर्न पाएकोमो निकै खुशी लागेको छ । उनले थपिन “मैले जस्तै अरुलेपनि जन्मदिनमा खाएर पिएर सिद्धाउन भन्दा अनाथालयहरुमा दान गरे असल हुनेछ” ।
सोमबार एक कार्यक्रम गरी जेसीकाले लक्ष्मी नारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष तेजनारायण अधिकारीलाई सो रकम हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा आफ्ले प्रदान गरेको सानो रकमले वालबालिकाहरुको सेवामा ठूलो सहयोग पुग्ने अपेक्षा राखेको बताउदै जेसिकाले पछिल्लो समय धेरै बालबालिकाहरु अप्ठेरोमा परेकोले अरुहरुलाई पनि बालबालिकाहरुको सेवामा लागिपर्न आग्रह गरेकी थिइन ।
लमजुङको सदरमुकाम बेसीसहरमा रहेको सामुदायिक पुस्तकालयले बाल हेल्प लाईन सञ्चालन गर्ने समाचार स्थानिय मिडियामा आएपछि सस्था सञ्चालनको लागि सहयोग गर्ने पहिलो दाता जेसीका हुन । कार्यक्रममा जिल्ला बालकल्याण अधिकार अधिकृत नबिन चन्द्र घिमीरे, वल्र्डभिजन लमजुडकी किास संयोजक सरस्वती भण्डारी, सहयोग कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा जेसिकाको आमा एन सालोक प्रधान, पुस्तकालय समितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थीती रहेको थियो ।
सदरमुकाम बेसीशहरमा रहेको सो पुस्तकालयले यहि महिनाबाट बालहेल्प लाइन शुरु गर्न लागेको हो । लमजुड नेपाल अधिराज्य भरमा बाल हेल्प लाइन शुरु गर्न लागिएको १४ आँै जिल्ला हो । पुस्तकालयमा २४ सै घण्टा कर्मचारी राखेर सेवा दिने बताइएको छ । पुस्तकालयले कुनैपनि घटनाको प्राप्त जानकारीको आधारमा घटनाको प्रकृति बुझि प्रहरी, कर्मचारी, एम्वुलेन्स वा अन्य सघं सस्थांको सहयोगमा उद्धार गर्ने बताइएको छ ।

No comments:

Post a Comment