Monday, May 28, 2012

संविधान सभा मर्यो


संविधान सभा मर्यो
अन्तिम घडी जेठ १४ गते राती सम्म पनि दलिय सहमति जुटेन । अन्त्यमा संविधान जारी नगरी जननिर्वाचित संविधान सर्वोच्च अदालतको आदेश अनुसार संविधान सभाको म्याद स्वत विघटन भएको छ । प्रमुख दलहरुविच पटक पटक वसेको वैठकमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री वावुराम भट्टराईले मन्त्रीपरिषद्को आकस्मिक वैठक वोलाई उक्त निर्णय गरेका हुन् । एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर प्रोख्रेल,राप्रपा र जनता दलवाट सरकारमा गएका मन्त्रीहरुको असहमतिको वावाजुद प्रधानमन्त्री भट्टराईले यस्तो निर्णय गरेका हुन् । उक्त निर्णयको सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले, मदेशी जनअधिकार फोरम नेपाल, माओवादीको वैद्य समुह र अन्य साना दलले विरोध गरेका छन् । उक्त निर्णयको विरोधमा चितवन, सिरहा र देशका विभिन्न ठाँउमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । भर्खरै प्राप्त समाचारअनुसार आज मिती २०६९ जेठ १५ गते ५ वजे ने.वि.सँघ ले प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जनाएको छ ।

No comments:

Post a Comment