Thursday, May 24, 2012


लमजुङ काँग्रेस सभापतिद्धारा चिन्ता व्यक्त
  नेपाली काँग्रेस लमजुङका पार्टि सभापति कृष्ण कोईरालाले लमजुङमा आफ्नो पार्टि नेपाली काँग्रेस कमजोर भएको वताउनुभएको छ । लमजुङमा आफ्नो जन्मभूमि भएर काठमाडौमा वस्दै आएका पार्टिका कार्यकर्ताहरुसँग गत वुधवार कुरा गर्दे कोईरालाले उक्त कुरा वताउनुभएको थियो । लमजुङमा जन्मीएर काठमाडौमा वसि राजनीति गर्ने नेताहरुलाई लमजुङमा गएर राजनीति गर्नुपर्ने कुरा वताउनुभएको थियो । काठमाडौमा वसेर लमजुङको वारेमा समग्र कुरा थाहा पाउन नसकिने कुरा वताउनुभयो । नेपाली काँग्रेस लमजुङ काठमाडौ सम्पर्क समाजको स्थिती पनि भद्रगोल भएको कुरा वताउनुभयो । उक्त स्थितीलाई भद्रगोल हुन नदिन नेपाली काँग्रेस लमजुङका आदरणिय नेताहरु दिलवहादुर घर्ति, रामचन्द्र अधिकारी, रामवहादुर गुरुङ , हरिभक्त अधिकारी, विष्णु धिताल आदिले सोच्नुपर्ने वताउनुभयो ।

No comments:

Post a Comment