Thursday, May 22, 2014

भोटेवडारमा मोटरेवल पुल संपन्न नहुँदा उपभोक्ता मर्कामा

केशवप्रसाद अधिकारी
भोटेओडार
। लमजुङको भोटेओडार भारते बेलघारी जोड्ने मोटरेवल पुल तोकीएको समयमा संपन्न नहुँदा उपभोक्ताहरु मर्कामा परेका छन् । पूर्बी लमजुङको ढोकाको रुपमा रहेको सो मोटरेवल पुल ताकिएको समयमा सम्पन्न नहुँदा फेरी पनि पहिलेकै जसो गरी निर्माण कार्य सकिने बेलामा पुल भत्कीने पो हो की भन्ने संका उत्पन्न हुन थालेको छ । पुल निर्माणको ९० प्रतिसत कार्य ६ महिना अगाबै सकीएको भनीएपनि अहिलेसिम्म पुलको बाँकी निर्माण कार्य गरिएको छैन ।
स्थानीय बासीन्दाको पटक पटकको आग्रह र दवाव हुँदा हुँदै पनि पुलको काम समयमै सम्पन्न नहुँदा यतिबेला पुलका सम्बन्धमा विभिन्न टिप्पणी र बहस हुन थालेको छ । पुल को निर्माणका क्रममा गुणस्तरमा ध्यान नदिइएकाले पुलको गुणस्तरमा पनि शंका उपशंकाहरु उत्पन्न हुन थालेका छन् । कतिपयले पुल धेरै नटिक्ने तर्क गर्न थालेका छन । केही उपभोक्ताले मोटरबाटोको माध्यमबाट भोटेओडार बेलघारी जोड्ने उपभोक्ताहरुको आशा, निराशा मा बद्लिने त होइन भनि प्रश्न गर्न थालेका छने ।
बर्षात शुरु हुन अब धेरै बाँकी नरहेकाले निर्माणाधिन मोटरेवल पुलले पुनः विगतकै नियति भोग्नुपर्ने त होइन भनि शंका उत्पन्न हुन थालेको छ । समयमै काम सम्पन्न नहुनाले समग्र पूर्बी लमजुङको बिकासको ढोका पनि खुल्न नसकेको पूर्वी लमजुङबासीको गुनासो छ ।
२ बर्षभत्रमा निर्माण कार्य संपन्न गर्ने गरी शुरु गरीएको मोटरेवल पुल ७ बर्षबितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन नसक्दा पनि संबन्धित निकाय मौन बसीरहेकोमा यहाँका बासीन्दा थप आर्श्चर्यचकित भएका छन् । पुल कहिले सकिन्छ र मोटरमा आवत जावत गर्न पाइन्छ भन्ने स्थानीयबासीको प्रश्नमा सरोकारवालाहरु कहिले “दशैँ अगाबै सकिन्छ तपाइँ ढुक्क हुनुहोस्” भन्ने गर्छन त कहिले “मंसीर भित्र” अनि कहिले काहीँ “बैसाख सम्ममा त बन्छ बन्छ तपाइँ ढुक्क हुनुस्” भन्दै उपभोक्ताहरुलाई भाका सार्ने गरेको गुनासो स्थानीयको छ ।
दुई बर्षा सकिनु पर्ने काम सात बर्षम्म पनि नसिकिँदा पनि सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगरेकोमा स्थानीय बासीन्दा गुनासो गर्छन् । बेलघारीमा पुल बनेपछि पर्ूर्वी लमजुङको विकासको ढोका खुल्ने आशामा बसेका यस क्षेत्रका बासीन्दाको आशामा तुषरापात हुँदा पनि यस क्षेत्रको विकासका लागि ठूला ठूला भाषण गर्ने राजनीतिक दलका नेताहरुले चुँ सम्म नबोल्नुलाई पनि र्सवसाधारणले अचम्म मानेका छन् ।
समयमा पुल नबनेपछि अब यहाँका बासीन्दा कारण खोज्न सम्बन्धित निकायमा गई आन्दोलन गर्ने मनस्थितिमा छन् । आन्दोलन नगरेसम्म केही नहुने ठहर गर्दै उनीहरु आफ्नो ठाउँबाट आवाज उठाउने तयारीमा छन् । पुल निर्माणमा ढिलाई के समस्याले भएको भन्ने स्पष्ट जवाफ सम्बन्धित निकायबाट पाउने आशामा उनीहरु छन् ।

Wednesday, May 14, 2014

नेपाल निर्माणको काम विद्यार्थीहरुकै काँधमा : नेता घर्ती

लमजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद दीलबहादुर घर्तीले नव नेपाल निर्माणको काम अब युवा विद्यार्थीहरुकै काँधमा आइपरेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघ लमजुङको ११ औं जिल्ला अधिवेशनको सुन्दरबजारमा उद्घाटन गर्दै र्घर्तीले नेपालमा भएका हरेक क्रान्ति र परिवर्तनमा नेपाली युवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । ००७ सालदेखि हालसम्मका हरेक क्रान्ति र आन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सफल भएको भन्दै कांग्रेसको आन्दोलनलाई कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ र तरुण दलले सफल तुल्याएको बताउनुभयो ।
नेपाल विद्यार्थी संघले शैक्षिक देखि राजनीतिक आन्दोलनमा समेत अग्रणी र महत्वपपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेता र्घर्तीले युवा विद्यार्थीहरुकै बलमा देशमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै अब यसलाई फलाउने फुलाउने जिम्मा पनि युवा विद्यार्थीहरुकै काँधमा रहेको बताउनुभुयो ।
उहाँले अब आउने माघ ८ भित्र सबै राजनीतिक दलहरुको सहयोगमा लोकतान्त्रिक संविधान जारी हुने भन्दै ढुक्क रहन पनि आग्रह गर्नुभयो ।
विशेष अतिथि सभासद चन्द्रबहादुर कुँवरले आजका विद्यार्थीहरु नै भोलि देशका कर्णदार हुने भएकाले विद्यार्थीहरु सधैं असल बाटोमा लाग्नु पर्ने बताउनुभयो । हरेक आन्दोलनमा युवा विद्यार्थीहरुको भूमिका महत्वपर्ूण हुने भन्दै कुँवरले नेपालको राजनीतिक आन्दोनमा नेविसंघले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।
कांग्रेसको मेरुदण्ड युवा विद्यार्थी भएकाले पार्टर्ीीई बलियो बनाउन नेपाल विद्यार्थी संघको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला, पूर्व सभापति तुलसी नारायण श्रेष्ठ, जिल्ला कार्य समितिका सचिव आनन्द घिमिरे, क्षेत्रीय सभापतिहरु विष्णु धिताल र जीवनकुमार श्रेष्ठ, नेपाल तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डे, नेविसंघका पूर्व अध्यक्ष नेत्रसिंह महर्जन, उपाध्यक्ष बासु कोइराला, पूर्व महामन्त्री जीतजंग बस्नेत, केन्द्रीय प्रतिनिधि सानुबाबु महर्जन, जिल्ला कार्य समितिका अध्यक्ष शंकरराज घिमिरे लगायतले नेपालको विद्यार्थी र राजनीतिक आन्दोलनमा नेविसंघले खेलेको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम नेविसंघ लमजुङ क्याम्पस इकाइका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Friday, July 26, 2013

आज हलो क्रान्ति दिवश लमजुङमा बिभिन्न कार्यक्रम गरी मनाईँदै

लमजुङ, श्रावण ११ । आज हलो क्रान्ति दिवस । आजभन्दा ६४ वर्ष अगाडि देशमा प्रजातन्त्र आउनुअगावै वि.सं. २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेर सामाजिक क्रान्ती थालेका थिए । राणाशाहीकाविरुद्ध सांकेतिक रुपमा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले हलो जोतेर क्रान्ती थालेका थिए । दुराडाँडामा हलो जोतेपछि यो अभियान तनहुँ, कास्की र धादिङसम्म पनि फैलिएको थियो ।

हलो क्रान्तिका अभियन्ता मायानाथ पौडेल, त्यस बेला हलगोरु जुटाउने, नार्ने र जोत्ने काम गरेको अनुभव सुनाउनु हुन्छ । त्यसयता वर्षेनी लमजुङको दुराडाँडामा हलो क्रान्ति दिवस मनाइन्छ । यो दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ ।

हलो क्रान्तिलाई राष्ट्रिय दिवस र पण्डित तोयानाथलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दिपक पौडेलको छ । त्यतिबेला हलो जोत्ने ब्राह्मणहरुलाई तात्कालीन राणाशाही प्रशासनले निकै दूःख दिएको थियो । यद्यपि, उक्त अभियान समाज सुधारमा एउटा ठूलो फड्को थियो ।

Saturday, February 23, 2013

लमजुङको र तनहुँको िसमानामा पनरेर् बजार सोितपसल ।


                                    लमजुङको र तनहुँको िसमानामा पनरेर् बजार सोितपसल ।

लमजुङको जितामा एक बृद्धको शव फेला


लमजुङको जिता गाविस वडा नम्बर १ रायपालीमा एक बृद्धको शव फेला परेको छ । शव जिता गाँउ बिकास समिति वडा नम्वर १ रामपानीका बुद्धि बहादुर गुरुङको रहेको प्रहरीले जनमाएको छ ।गुरुङको शव उनको घर नजिकै ५० मिटर तल फेला परेको थियो । गुरुङ केही वर्षअघिदेखि क्षारे रोगको विरामी भएको परिवारले जनाएको छ । 
केहिदिन देखिनै परिवारको सर्म्पर्कमा नआएका गुरुङलाई खोजि गर्न भन्दै परिवारले इलाका प्रहरी कार्यलय सोती पसलमा निवेदन दिएपछि प्रहरीले गुरुङको खोजी गरेको थियो । घर नजिकै मृत अवस्थामा भेटिएका गुरुङको शवलाई पोस्मार्टमको लागि सदरमुकाम स्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको प्रहरी जनाएको छ ।

Sunday, January 20, 2013

सप्तधारा मावि जीताको ८० औ बार्षिकोत्सव सम्पन्न

सन्देश पौडेल लमजुङ माघ ७
दक्षिण पश्चिम लमजुङको जिता गाबिस स्थित सप्तधारा माध्यमीक बिद्यलयको ८०औ बार्षिकोत्सव समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । एकिकृत नेकपा माओबादी महाअधिबेसन आयोजक समिति सदस्य देवेन्द्र पराजुलीको प्रमूख अतिथ्यतामा बिद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिट सदस्य राजकुमार श्रेष्ठ, रामबहादुर बिक, नेपाली काँग्रेस जिता गाँउकार्य समिति सभापती खेमराज पौडेल, नेकपा एमाले जिता गाँउ कमिटी अध्यक्ष रामनाथ पौडेल, अखिल नेपाल शिक्षक सँगठन लमजुङका उपाध्यक्ष इश्वरी पौडेल, नेपाल राष्ट्रिय शिक्षक सँगठन लमजुङका सचिव राजु थापा, जिल्ला शिक्षा कार्यलय अन्तर्गत सूर्यपाल श्रोतकेन्द्का श्रोत ब्यक्ती काशीनाथ साँखी, शान्ती उच्च माबि कुन्छाका शिक्षक तिर्थ राज गौलि, सम्झना माबि समिभन्ञ्याङका शिक्षक मेमबहादुर गुरुङ, राम बालोदय निमाबि सूर्यपालकी शिक्षिका शकुन्तला साँखी, शिक्षक अभिभावक सघका अध्यक्ष हरेराम पौडेल, अभिभावक ठाकूर प्रसाद पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
बिद्यालय ब्यस्थापन समितिको अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक बिष्णुहरी तिवारीले बिद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सोहि बिद्यालयका शिक्षक मनु गिरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका चन्दादाताहरुलाई सम्मान गरिनुका साथै जिता–६ स्थित बडहरे पाताल सामुदायिक बनउपभोक्ता समीतीद्धारा प्राबि तहमा अध्यनरत १० जना बिद्यार्थीहरुलाई प्रदान गरिएको छात्रबृति बितरण गरिएको थियो । यस्तै स्थानिय लक्ष्मण थापाद्धारा स्वर्गीय पितामाता नोय बहादुर थापा र डिलमाया थापाको स्मृतीमा १० जनालाई प्रदान गरिएको छात्रबृती बितरण गरीएको थियो । यसैगरी बमबहादुर थापा जितालीले आफना आमा बुबाको नाममा स्थापना गर्नुभएको बसुन्धरा प्रेम पुरस्कार कक्ष आठ र नौका उत्कृष्ट एक छात्र र एक छात्रालाई प्रदान गरिएको थियो ।
बिद्यालयको ८० औ बार्षिकोत्सवको अवसरमा बिद्यालयका शिक्षक शिव अधिकारीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानीत गरिएको शिक्षक चिनबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बिबिध सास्कृतीक कार्यक्रम गरिनुको साथै बार्षिकोत्सवको आवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिाताका बिजेताहरुलाइ पुरस्कार पनि बितरण गरिएको थियो

Wednesday, January 2, 2013

लमजुङमा १८ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न






लमजुङ, १८ पुस । पूर्वी लमजुङको बिचौरमा महभिर खोला लघु जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । बिचौर गाउँ विकास समिति– ७ भुम्लीचोकमा सात महिनाअघि निर्माण कार्य सुरु गरिएको १८ किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीय १६० घरधुरीका जनता लाभान्वित भएका छन् । आयोजना ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । 
आयोजना निर्माण गर्नका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र÷ग्रामीण सशक्तीकरण समाज दमौलीबाट रु २४ लाख ३२ हजार,  जिल्ला विकास समितिबाट रु पाँच लाख, जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिबाट रु चार अनुदान प्राप्त भएको थियो । नपुग रकम स्थानीय बासिन्दाले जनश्रमदान र चन्दाबाट पूर्ति गरेको आयोजना निर्माण समितिका अध्यक्ष जीतबहादुर गुरुङले बताउनुभयो ।लघु जलविद्युत् आयोजना सम्पन्न भई बिजुली बलेपछि गाउँलेमा खुसियाली छाएको छ । वरपरका गाउँमा बिजुली बलेको देखेका गाउँलेले आफ्नै गाउँमा पनि बिजुली बत्ती बाल्ने अठोटका साथ आयोजनाको निर्माणमा लागिपरेका थिए ।