Sunday, January 20, 2013

सप्तधारा मावि जीताको ८० औ बार्षिकोत्सव सम्पन्न

सन्देश पौडेल लमजुङ माघ ७
दक्षिण पश्चिम लमजुङको जिता गाबिस स्थित सप्तधारा माध्यमीक बिद्यलयको ८०औ बार्षिकोत्सव समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । एकिकृत नेकपा माओबादी महाअधिबेसन आयोजक समिति सदस्य देवेन्द्र पराजुलीको प्रमूख अतिथ्यतामा बिद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिट सदस्य राजकुमार श्रेष्ठ, रामबहादुर बिक, नेपाली काँग्रेस जिता गाँउकार्य समिति सभापती खेमराज पौडेल, नेकपा एमाले जिता गाँउ कमिटी अध्यक्ष रामनाथ पौडेल, अखिल नेपाल शिक्षक सँगठन लमजुङका उपाध्यक्ष इश्वरी पौडेल, नेपाल राष्ट्रिय शिक्षक सँगठन लमजुङका सचिव राजु थापा, जिल्ला शिक्षा कार्यलय अन्तर्गत सूर्यपाल श्रोतकेन्द्का श्रोत ब्यक्ती काशीनाथ साँखी, शान्ती उच्च माबि कुन्छाका शिक्षक तिर्थ राज गौलि, सम्झना माबि समिभन्ञ्याङका शिक्षक मेमबहादुर गुरुङ, राम बालोदय निमाबि सूर्यपालकी शिक्षिका शकुन्तला साँखी, शिक्षक अभिभावक सघका अध्यक्ष हरेराम पौडेल, अभिभावक ठाकूर प्रसाद पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
बिद्यालय ब्यस्थापन समितिको अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक बिष्णुहरी तिवारीले बिद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सोहि बिद्यालयका शिक्षक मनु गिरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका चन्दादाताहरुलाई सम्मान गरिनुका साथै जिता–६ स्थित बडहरे पाताल सामुदायिक बनउपभोक्ता समीतीद्धारा प्राबि तहमा अध्यनरत १० जना बिद्यार्थीहरुलाई प्रदान गरिएको छात्रबृति बितरण गरिएको थियो । यस्तै स्थानिय लक्ष्मण थापाद्धारा स्वर्गीय पितामाता नोय बहादुर थापा र डिलमाया थापाको स्मृतीमा १० जनालाई प्रदान गरिएको छात्रबृती बितरण गरीएको थियो । यसैगरी बमबहादुर थापा जितालीले आफना आमा बुबाको नाममा स्थापना गर्नुभएको बसुन्धरा प्रेम पुरस्कार कक्ष आठ र नौका उत्कृष्ट एक छात्र र एक छात्रालाई प्रदान गरिएको थियो ।
बिद्यालयको ८० औ बार्षिकोत्सवको अवसरमा बिद्यालयका शिक्षक शिव अधिकारीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानीत गरिएको शिक्षक चिनबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बिबिध सास्कृतीक कार्यक्रम गरिनुको साथै बार्षिकोत्सवको आवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगिाताका बिजेताहरुलाइ पुरस्कार पनि बितरण गरिएको थियो

Wednesday, January 2, 2013

लमजुङमा १८ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न






लमजुङ, १८ पुस । पूर्वी लमजुङको बिचौरमा महभिर खोला लघु जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । बिचौर गाउँ विकास समिति– ७ भुम्लीचोकमा सात महिनाअघि निर्माण कार्य सुरु गरिएको १८ किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीय १६० घरधुरीका जनता लाभान्वित भएका छन् । आयोजना ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । 
आयोजना निर्माण गर्नका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र÷ग्रामीण सशक्तीकरण समाज दमौलीबाट रु २४ लाख ३२ हजार,  जिल्ला विकास समितिबाट रु पाँच लाख, जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिबाट रु चार अनुदान प्राप्त भएको थियो । नपुग रकम स्थानीय बासिन्दाले जनश्रमदान र चन्दाबाट पूर्ति गरेको आयोजना निर्माण समितिका अध्यक्ष जीतबहादुर गुरुङले बताउनुभयो ।लघु जलविद्युत् आयोजना सम्पन्न भई बिजुली बलेपछि गाउँलेमा खुसियाली छाएको छ । वरपरका गाउँमा बिजुली बलेको देखेका गाउँलेले आफ्नै गाउँमा पनि बिजुली बत्ती बाल्ने अठोटका साथ आयोजनाको निर्माणमा लागिपरेका थिए । 

बर्थडे गिफ्ट बाल हेल्प लाइनलाई


सन्देश पौडेल÷लमजुङ
पौष १९ । जन्मदिनको अवसरमा जसको जन्मदिन हो उसलाई शुभकामना सहित प्राय उपहार दिने गरिन्छ । तर जसको जन्मदिन हो उसले अरुलाई उपहार दिएको प्राय कमै सुन्न पाइन्छ । तर लमजुङमा भने एक बालिकाले आफनो जन्मदिनको अवसरमा बालबालिकाको लागि सञ्चालन हुन लागेको एक सस्थालाईनै आर्थिक सहयोग गरेकी छन् । ललितपुर स्थित जावलाखेल घर भई छुट्टि मनाउन केहि समय लमजुङमा आएकी जेसिका प्रधानले आफनो १५ औ जन्मदिनको अवसरमा लमजुङमा सञ्चालन हुन लागेको बाल हेल्पलाइनको लागि नगद पाँच हजार सहयोग गरेकी हुन ।
काठमाण्डौको सिजी मनिपाल क्याम्पीयन स्कूलमा कक्षा नौ मा अध्यनरत जेसीका प्रधानले जन्मदिनको अवसरमा खाइ पिइ खर्च हुने रकम कटौति गरी बालबालिकाहरु बिच सेवा गर्ने उद्देश्यले बाल हेल्पलाइन सञ्चालनका लागि सहयोग गरेको बताइन । आफनो दिदी र आमा बुबाको प्रेरणाले समाज सेवा गर्न उत्प्रेरणा पाएको बताउदै करिव दुइ हप्ताको लागि बेसीशहर आएकी जेसीकाले बालबालिकाहरुको लागि सहयोग गर्न पाउदा खुशी लागेको बताइन । “मेरो दिदीले आफनो जन्मदिनको अवसरमा एच आइ भि पिडितलाई सहयोग गर्नुभएको थियो र मलाइ पनि दिदिले जस्तै सामाजिक सेवा गर्ने इच्छा लागेको थियो” जेसीकाले भनिन् । “लमजुङ जस्तो ठााउमा आएर नयाँ काम गर्न पाएकोमो निकै खुशी लागेको छ । उनले थपिन “मैले जस्तै अरुलेपनि जन्मदिनमा खाएर पिएर सिद्धाउन भन्दा अनाथालयहरुमा दान गरे असल हुनेछ” ।
सोमबार एक कार्यक्रम गरी जेसीकाले लक्ष्मी नारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष तेजनारायण अधिकारीलाई सो रकम हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा आफ्ले प्रदान गरेको सानो रकमले वालबालिकाहरुको सेवामा ठूलो सहयोग पुग्ने अपेक्षा राखेको बताउदै जेसिकाले पछिल्लो समय धेरै बालबालिकाहरु अप्ठेरोमा परेकोले अरुहरुलाई पनि बालबालिकाहरुको सेवामा लागिपर्न आग्रह गरेकी थिइन ।
लमजुङको सदरमुकाम बेसीसहरमा रहेको सामुदायिक पुस्तकालयले बाल हेल्प लाईन सञ्चालन गर्ने समाचार स्थानिय मिडियामा आएपछि सस्था सञ्चालनको लागि सहयोग गर्ने पहिलो दाता जेसीका हुन । कार्यक्रममा जिल्ला बालकल्याण अधिकार अधिकृत नबिन चन्द्र घिमीरे, वल्र्डभिजन लमजुडकी किास संयोजक सरस्वती भण्डारी, सहयोग कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा जेसिकाको आमा एन सालोक प्रधान, पुस्तकालय समितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थीती रहेको थियो ।
सदरमुकाम बेसीशहरमा रहेको सो पुस्तकालयले यहि महिनाबाट बालहेल्प लाइन शुरु गर्न लागेको हो । लमजुड नेपाल अधिराज्य भरमा बाल हेल्प लाइन शुरु गर्न लागिएको १४ आँै जिल्ला हो । पुस्तकालयमा २४ सै घण्टा कर्मचारी राखेर सेवा दिने बताइएको छ । पुस्तकालयले कुनैपनि घटनाको प्राप्त जानकारीको आधारमा घटनाको प्रकृति बुझि प्रहरी, कर्मचारी, एम्वुलेन्स वा अन्य सघं सस्थांको सहयोगमा उद्धार गर्ने बताइएको छ ।

Sunday, December 16, 2012

पश्चिम लमजुङको जितामा ट्याक्टर दुर्घट्ना

दक्षिण पश्चिम लमजुङको जितामा शनिबार ट्याक्टर दुर्घट्ना भएको छ । जिता गाँउ बिकास समिति वडा नम्वर ७ हटिया नजिकै ना ३ प ७८५७ नम्वरको ट्याक्टर दुर्घट्ना भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुजन लामा, प्रकाश गुरुङ, कैलास थापा, बिरेन्द्र बहादुर गुरुङ रहेका छन । घाइतेहरुलाई उपचारको लागि रम्घाको दुइपिप्ले लगिएको प्रहरीले जनाएको छ । 
घाइते भएका सवैजना खतरामुक्त भएको बताइएको छ । जिताबाट दाउरा लोड गरी सोतिपसल तर्फ जाँदै गरेको सो ट्याक्टर शनिबार मध्यान्ह जिताको सातधारे नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जितामा बृद्ध महिलाको हत्या

पश्चिम लमजुङको जिता गाबिसमा एक महिलाको हत्या भएको छ । जिता गाँउ बिकास समिति वडा नम्वर १ राइपालीकी ६० वर्षिय रेनुका केसीको गएराती अज्ञात समूहद्धारा हत्या भएको हो । केसी घरमा एक्लै भएको अवस्थामा धारीलो हतियार प्रयोग गरी हत्या गरिएको स्थानिय बासिन्दाले बताएका छन । गएराती मृतक केसीकी नातीनी शिक्षकको घरमा पढ्न गएको र बिहान फर्कि आउदा हजुर आमालाई मृत अवस्थामा फेलापारेपछि गाँउलेहरुलाई खवर गरेकी थिइन् । हत्या कसले के कती कारणले गर्यो भन्ने अहिले सम्म केहि थाहा पाउन नसकेपनि घटनाको बारेमा छानबिन गर्न प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान शुरु गरेको बताइएको छ ।

Tuesday, November 27, 2012

नेपाली चलचित्रसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


लमजुङ, १२ मङ्सिर । नेपाली चलचित्रकर्मीहरुले अबका दिनमा नेपालीपन झल्कने मौलिक चलचित्र बनाउने दृढता व्यक्त गरेका छन् ।लमजुङको पर्यटकीय घलेगाउँमा सम्पन्न चलचित्र निर्देशकहरुको तेस्रो कार्यशाला गोष्ठीपछि चलचित्रकर्मीहरुले  हाल विद्यमान धारलाई परिवर्तन गर्ने दृढता व्यक्त गरेका हुन् । मङ्सिर ६ देखि ११ गतेसम्म सञ्चालित कार्यशाला गोष्ठीमा नेपाली चलचित्रहरुमा हलिउड र बलिउडबाट नक्कल गर्ने परम्पराका कारण मौलिकपन हराउँदै गएकोप्रति सहभागीहरुले चिन्ता जनाएका थिए ।चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेलले घलेगाउँ जस्ता प्राकृतिक र सांस्कृतिकरुपमा पनि सुन्दर गाउँका कथामा चलचित्र बनाउन गोष्ठीले प्रेरणा दिएको बताउनुभयो । “सहरको कोलाहलभन्दा ग्रामीण भेगमा नेपालीपनका चलचित्र धेरै बन्न सक्छन्”– पौडेलले भन्नुभयो । चलचित्र निर्देशक, लेखक, छायाँकार, समीक्षक, निर्माता तथा पत्रकारहरुको सहभागिता रहेको सो गोष्ठीमा नेपाली चलचित्र र विदेशी चलचित्रको तुलना गरिएको थियो । कार्यशालाका प्रशिक्षक तथा निर्देशक राजेन्द्र सलभले जातीय तथा सांस्कृतिक विविधतालाई चलचित्रमा उतार्न कार्यशाला फलदायी भएको विश्वास व्यक्त गर्नुभयो । निर्देशक लक्ष्मीनाथ शर्माले नेपाली चलचित्रमा मौलिकता ल्याउन देशका विभिन्न गाउँहरुमा जानुपर्ने सन्देश कार्यशालाले दिएको बताउनुभयो ।

मौलिक चलचित्र निर्माण, संस्कृति र समाजको विकास तथा चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सार्क राष्ट्रकै नमुना घलेगाउँमा कार्यशाला आयोजना गरिएको बताइएको छ । सो अवसरमा ग्रामीण जनजीवन, भेषभूषा, संस्कृतिलाई आधार बनाएर सातवटा लघु चलचित्र निर्माण गरिएको थियो । यी लघु चलचित्र आगामी दिनमा कथानक चलचित्र बनाउन कथाको खोजी गरिरहेकाहरुलाई उपयोगी हुने विश्वास गरिएको छ । कार्यशालामा  राजेश गंगज्यो, वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभलगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा लमजुङमा जन्मेका चलचित्र निर्देशक तीर्थ थापालाई सम्मान गरिएको थियो ।

Tuesday, July 24, 2012

दलहरुको सहमति विना निर्वाचनको मिति नसार्न सुझाव


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच सहमति नगरी निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिनु भएको छ। एमालेको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सम्बन्धी स्मारिकाको मंगलबार पार्टी मूख्यालयमा सानेपामा विमोचन गर्दै उहाँले सहमति बिना संविधानसभा निर्वाचनको मिति सारे पनि निर्वाचन भने हुनै हालतमा नहुने ठोकुवा गर्नुभयो।
अध्यक्ष खनालले अहिले पनि सहमतिको विकल्प नभएको भन्दै सत्ताधारी दलहरुलाई  सर्वसत्तावादी सोच त्यागेर राष्ट्रिय सहमतिमा आउन आग्रह गर्नुभयो। सरकारले संवैधानिक अंगमा रिक्तता बढाएर संक्रमणकालमा आफ्नो सत्ता लम्ब्याउन खोजिरहेको उहाँको भनाई थियो ।