Tuesday, July 24, 2012

दलहरुको सहमति विना निर्वाचनको मिति नसार्न सुझाव


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दलहरुबीच सहमति नगरी निर्वाचनको मिति नसार्न सरकारलाई चेतावनी दिनु भएको छ। एमालेको प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठक सम्बन्धी स्मारिकाको मंगलबार पार्टी मूख्यालयमा सानेपामा विमोचन गर्दै उहाँले सहमति बिना संविधानसभा निर्वाचनको मिति सारे पनि निर्वाचन भने हुनै हालतमा नहुने ठोकुवा गर्नुभयो।
अध्यक्ष खनालले अहिले पनि सहमतिको विकल्प नभएको भन्दै सत्ताधारी दलहरुलाई  सर्वसत्तावादी सोच त्यागेर राष्ट्रिय सहमतिमा आउन आग्रह गर्नुभयो। सरकारले संवैधानिक अंगमा रिक्तता बढाएर संक्रमणकालमा आफ्नो सत्ता लम्ब्याउन खोजिरहेको उहाँको भनाई थियो ।

पृथ्वी राजमार्गमा पहिरो कैयौ यात्रु अलपत्र


नौविसे पोखरा सडकखण्ड अन्तर्गत पर्ने पृथ्वी राजमार्गको मलेखु मुग्लिङ सडकमा पर्ने जोगिमारा मौवाखोलामा आएको भिषण पहिरोका कारण कैयौ यात्रुहरु अलपत्र परेका छन् । एक घण्टा अगाडी गएको पहिरो गएपनि प्रहरीले बेवास्ता गरेको यात्रुहरुले वताएका छन् ।

Monday, July 23, 2012

एस डि यूवा क्लव भोर्लेटार विजयी


लमजुङ ८ असार । लमजुङ जिल्लाको पश्चिम क्षेत्र जिता गाँउ विकाश समिती वार्ड नं. ४ जिताकोटमा यस क्षेत्रको गुरुङ परम्परा अनुसार श्रावण १ गते राँको बाल्ने र श्रावण २ गते राँको बार्ने परम्परा रहिआएको छ । राँको बार्ने दिनमा स्थानिय यूवाहरुले स्थानीय स्तरमा फुटवल प्रतियोगिताको आयोजना गर्ने कार्य धेरै पहिलादेखि नै चलिआएको थियो । हाल आएर उक्त प्रतियोगिताले क्षेत्रीय स्वरुप प्राप्त गरेको छ ।  उक्त प्रतियोगितामा एस डि यूवा क्लव भोर्लेटार ए ले रेड स्टार यूवा क्लव जिता चिण्डेलाई ४–२ गोल अन्तरले हराएर प्रथम भएको छ भने रेड स्टार यूवा क्लव जिता दोश्रो भएको छ । कार्यक्रमका विजेता र उपविजेता टिमलाई मिलन शान्ति यूवा क्लवका अध्यक्ष विरसिंह खवास, मन्जावहादुर गुरुङ नेकपा माओवादी जिल्ला कमिटीका सदस्य वलराम पौडेलले विजेता टिमलाई राँगो, मेडल, प्रमाणपत्र र नगद ३००० रुपैंया वितरण गर्नुभएको थियो भने उपविजेता टिमलाई खसि, मेडल, प्रमाणपत्र र नगद ३००० रुपैया वितरण गरेका थिए । उक्त खेलको उत्कृष्ट खेलाडिको पदक जाल्पादेवी यूवा क्लवका अमित गुरुङले पाए भने सवैभन्दा धेरै गोल हान्ने खेलाडिको पदक एस डि यूवा क्लव भोर्लेटार ए का खेलाडि मिनबहादुर गुरुङले पाएका थिए । जसले सवैभन्दा धेरै अर्थात १४ गोल हानेका थिए ।  श्रावण सक्रान्तिको शुभ अवशर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा विभिन्न ४ जिल्लाका ३७ टोलीको सहभागिता रहेको थियो ।

Tuesday, July 17, 2012

लम्जुङको जिताकोटमा मैत्रिपूर्ण फुटवल शुरु


लम्जुङको जिताकोटमा मैत्रिपूर्ण फुटवल शुरु
लमजुङ जिल्लाको पश्चिम क्षेत्र जिता गाँउ विकाश समिती वार्ड नं. ४ जिताकोटमा यस क्षेत्रको गुरुङ परम्परा अनुसार श्रावण १ गते राँको बाल्ने र श्रावण २ गते राँको बार्ने परम्परा रहिआएको छ । राँको बार्ने दिनमा स्थानिय यूवाहरुले स्थानीय स्तरमा फुटवल प्रतियोगिताको आयोजना गर्ने कार्य धेरै पहिलादेखि नै चलिआएको थियो । हाल आएर उक्त प्रतियोगिताले क्षेत्रीय स्वरुप प्राप्त गरेको छ । यस बर्ष पनि श्रावण सक्रान्तिको शुभ अवशर पारेर आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा विभिन्न ४ जिल्लाका ३७ टोलीको सहभागिता रहेको छ । उक्त खेलको उद्घाटन मिलन शान्ति युवा क्लवका अध्यक्षले गर्नुभएको थियो । आजको पहिलो उद्घाटन खेलमा मालिका यूवा क्लव थान्सिङले वेशिसहर यूवा क्लवलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

Wednesday, July 11, 2012


साउनको पहिलो सातादेखि नेपालभर लोकल कल शुरु

काठमाडौं,  ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा पनि अब लोकल कल हुने भएको छ। टेलिकमले आगामी साउन १ देखि लोकल कल सुविधामात्र रहेका ल्यान्डलाइनबाट दिन लागेको यो सुविधा जिएसएम र सिडिएमए दुवै फोनका लागि हो। अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनैपर्ने बाध्यता हटाएर लोकल कलको सुविधामात्र भएको फोनबाट देशभरि मोबाइलमा कल गर्न सकिन्छ ।


९२ प्रतिशत सरकारी सेयर रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट पनि अर्को अञ्चलको मोबाइलमा कल गर्न सक्ने व्यवस्था गर्न लागेको हो।

ुमोबाइलबाट मोबाइलमै देशभरि कल गर्दा एउटै स्थानीय चार्ज लाग्दै आएकोमा साउनदेखि एसटिडी नभएको ल्यान्डलाइनबाट पनि यो सुविधा थप्दैछौं,ु टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। अहिले काठमाडौंदेखि अरू अञ्चलका मोबाइलमा लोकल कलमात्र भएको ल्यान्डलाइनबाट फोन लाग्दैन। ल्यान्डलाइनबाट एउटा अञ्चलदेखि अर्को अञ्चलको मोबाइलमा कल गर्न एसटिडी सुविधा हुनुपर्छ।

ुएउटा अञ्चलको ल्यान्डलाइनबाट अर्को अञ्चलको मोबाइलमा कल गर्दा एसटिडीकै महसुल नलागे पनि सुविधा भने हुनैपर्थ्यो, त्यस्तो प्रावधान हटाउन लागिएको हो,ु थिकेले भने। अहिले ल्यान्डलाइनबाट देशभरि जहाँसुकैको मोबाइलमा कल गर्दा पनि मिनेटको एक रुपैयाँमात्र महसुल लाग्छ।

एउटा अञ्चलमा लिएको मोबाइल अर्कै अञ्चलमा पुगेर प्रयोगमा भइरहेकाले एसटिडी हुनैपर्ने प्रावधान अव्यावहारिक ठान्दै हटाउन लागिएको हो। ुयसबाट टेलिकमको आर्थिक पक्ष पनि राम्रो हुने हाम्रो विश्लेषण छ,ु उनले भने।

एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन गर्न मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने अपेक्षा टेलिकमको छ। विराटनगर वा नेपालगन्जमा रहेका टेलिकमका मोबाइल ग्राहक काठमाडौं आउँदा यहाँ स्थानीय कलमात्र भएको ल्यान्डलाइनबाट कल हुन सक्दैनथ्यो। साउनदेखि यो व्यवस्था हटाएर स्थानीय कलको सुविधामात्र भएको ल्यान्डलाइबाट पनि देशभरि जहाँसुकैका मोबाइलमा सिधै कल गर्न मिल्ने प्रावधान थप्दैछ।

टेलिकमले अहिले मोबाइलमा मेचीदेखि महाकालीसम्म जहाँ कल गरे पनि पोस्टपेडमा मिनेटको एक रुपैयाँ र प्रिपेडमा डेढ रुपैयाँमात्र लिने एकल महसुल दर लगाएको छ। तर, ल्यान्डलाइनमा भने लोकल,क,ख र ग  वर्ग गरी तीन प्रकारको महसुल छ।

एसटिडी सुविधा लिनैपर्ने र तीन वर्ग हटाएर भविष्यमा देशभरि एउटै लोकल दर लगाउनेतर्फ पनि टेलिकमले अध्ययन गरिरहेको छ।

Tuesday, July 10, 2012


कुनै हालतमा चुनाव हुन सक्दैनः विपक्षी दल

काँग्रेस एमालेसहित प्रमुख विपक्षी दलले मंसिर ७ मा घोषित गरेको चुनाव कुनै हालतमा नहुने ठोकुवा गरेका छन्। मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा उनीहरुले चुनावका लागि आवश्यक कानुन संशोधनमा सहमतिको सम्भावना नरहेको दाबी गरेका हुन्।
सरकारले दलीय सहमतिबिना एकतर्फी रुपमा चुनाव घोषणा गरेपछि त्यो असंवैधानिक हो भन्दै त्यसको विरोध जनाएरै हामी सरकारबाट बाहिरिएका थियौं,ु बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले भने, ुमाओवादी अध्यक्ष नै संविधानसभा ब्युँताउनुपर्छ भनेर हिँडेका छन्, त्यसबाहेक सबैजसो दल यो चुनावको विपक्षमा छन् कसरी हुन्छ चुनाव
उनले बरु लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले सहमति जुटाएर स्थानीय निकायको चुनाव गराउनुपर्ने बताए।कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले आफूहरु पार्टी निर्वाचनमा नडराउने, तर पूर्वाधार र सहमतिबिना राजनीतिक हैसियत गुमाइसकेको सरकारले तोकेको निर्वाचनमा भाग नलिने बताएका छन् । अन्तरिम संविधानमा संविधानसभाबाट संविधान जारी नभएमा दोस्रो चुनाव गराउने व्यवस्था नभएकाले संसदीय चुनावपछि मात्रै त्यसले संविधानसभाको चुनाव गराउन सक्ने बताए।
अहिले चुनावका लागि कानुनी बाधा परेपछि दलीय सहमति खोज्ने सरकाले चुनाव घोषणा गर्नुअघि किन सहमति नदेखेको उनले प्रतिप्रश्न गरे।

बैठकमा सहभागी एकीकृत माओवादी पोलिटब्युरो सदस्य नवराज सुवेदीले संविधानसभा विघटनपछि चुनावमा जानुको विकल्प नरहे पनि निर्वाचन गराउन दलीय सहमति आवश्यक रहेको बताए। दलहरुबीच सहमति बनेर संविधान संशोधन हुन नसके चुनाव हुन नसक्ने कुरा वताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अरु दललाई बाइपास गरेर माओवादी नेतृत्वको सरकारले चुनाव घोषणा गर्नु सत्ताकब्जाको रणनीति भएको आरोप लगाए।हुदै नहुने चुनाव निर्वाचन आयोगले हलो अड्काएर गोरु चुट्ने काम भएको नेता के.सीले वताए ।

दलहरु नमिले राजसंस्था व्युतन्छ ः हिसिला
एकीकृत ने.क.पा माओवादीकी नेतृ हिसिला यामीले दलहरु नमिले राजसंस्था व्युतने कुरा व्याक्त गरेकी छन् । रिपोर्टस नेपालले गरेको साक्षात्कारमा उनले यस्तो कुरा व्याक्त गरेकी हुन् । नेपालको वजेटको विषयलाई लिएर भएको साक्षात्कारमा पूर्ण वजेटको विकल्प नरहेको उल्लेख गर्नुभयो । सोहि कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्यायले जनता र राष्ट्रका लागि वजेट भएकाले सहमति विना वजेट आउन नसक्ने कुरा व्याक्त गरेका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य गगालाल तुलाधरले चुनावलाई तोकेर ल्याउने वजेट आँफू र आफ्नो पार्टीलाई स्वीकार्य नहुने कुरा व्याक्त गरेका थिए ।